Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9265 - 9270 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-09-22, आईतवार

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले दुई दिनमा बक्सअफिसमा ऐतिहासिक कमाई गरेको छ । जेठपछि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको यो फिल्मले पहिलो दिन १ करोड ४७ लाख कमाउँदै यस वर्षको सबैभन्दा ठूलो ओपनिङ हासिल गर्‍यो भने बक्सअफिसमा पहिलो दिन यो अंक जोड्ने पहिलो नेपाली फिल्म समेत बनेको छ । यसअघि ‘छक्का पञ्जा ३’ ले पहिलो दिन १ करोड १५ लाख छापेर रेकर्ड राखेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2019-09-22, आईतवार

पूर्व प्रेमजोडी हुन्, अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ । यूके रैनाथे उनीहरु फिल्ममा प्रवेश गर्नुअगाडि केही वर्ष प्रेम सम्बन्धमा थिए । ‘लिलिबिली’ बाट जसिताले फिल्मी अभिनय आरम्भ गरेपछि दुईको सम्बन्धमा पूर्णविराम लागेको बताइन्छ । तर, यो कुरा दुबै स्वीकार गर्ने पक्षमा छैनन् । पहिलादेखि नै चिनचान भएता पनि अफेयर भने नभएको उनीहरुको दाबी छ ।

फिल्मीखबर, काठमाडौं, 2019-09-21, शनिवार

फिल्म ‘डिम्स’ बाट सानदार डेब्यू गरेकी अभिनेत्री साम्राज्ञी आरएल शाहले थोरै फिल्म खेलेर लोभलाग्दो फ्यान फलोइंग कमाएकी छन् । शहरिया युवापुस्तामा उनको गजबको क्रेज छ । त्यसैले त उनलाई फिल्ममा लिन निर्माताबीच हानाथाप हुने गर्दछ । फिल्मलाई आफ्नो काँधमा बोकेर हिँड्न सक्ने उनको पछिल्लो रिलिज फिल्म ‘मारुनी’ हो । जसमा उनको अभिनयको निकै प्रशंसा भएको थियो । फिल्ममा उनी ट्रान्सजेन्डर युवतीको भूमिकामा थिइन् । 

फिल्मीखबर, काठमाडौं, 2019-09-21, शनिवार

शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले जेठपछि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको छ । प्रदर्शनको पहिलो दिन १ करोड ४७ लाख कमाउँदै वर्षकै सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको यो फिल्मप्रति शनिबार पनि दर्शकको क्रेज उस्तै जबरजस्त देखिएको छ । बिहानैदेखि सिंगल र मल्टीप्लेक्समा फिल्मले आक्रामक व्यापार गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2019-09-21, शनिवार

नेपालको सन्दर्भमा फिल्म बनाउन सजिलो छ । तर, प्रदर्शन गर्न महाभारतको लडाईं लड्नुपर्छ । विदेशी फिल्म आउँदा निर्माताहरु डरले कुना पस्छन् तर स्वदेशी फिल्मसँग भिड्दा भने गर्व महशुस गर्छन् । त्यसमाथि वितरक र हल सञ्चालकले नेपाली फिल्मलाई गर्ने ज्याजती झन् उस्तै दर्दनाक छ । वितरक र हल सञ्चालकले विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्ने प्रवृतिका कारण वर्षौदेखि फिल्म निर्माताहरु रुनु न हाँस्नुको अवस्थाबाट गुज्रिरहेका छन् ।

एजेन्सी, मुम्बई, 2019-09-21, शनिवार

अहिले बलिउड सुपरस्टार सलमान खान आफ्नो नयाँ फिल्म ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् । फिल्मको मोसन पोस्टर पनि सार्वजनिक भइसकेको छ । अब उनका प्रशंसकलाई फिल्मको ट्रेलरको व्यग्र प्रतिक्षा छ । केही दिनयता सलमानले ‘दबंग ३’ पछि दशक अगाडिको सुपरहिट फिल्म ‘नो इन्ट्री’ को सिक्वेलको छायांकन सुरु गर्ने चर्चा चलेको छ । 

Results : 9265 - 9270 of 24024
Most Visited News (monthly)