Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

मलाई ‘स्टार’ श्रेणीमा फस्नु छैन : नवाजुद्दीन सिद्दीकी

एजेन्सी, मुम्बई, 2019/11/25
 
अभिनयको खानी मानिने नवाजुद्दीन सिद्दीकीले ‘सरफरोश’, ‘शूल’ र ‘मुन्नाभाई एमबीबीएस’ जस्ता फिल्ममा सानोतिनो भूमिकाबाट करिअरको सुरुवात गरेका थिए । आफूलाई साबित गर्न र आफूले खोजेजस्तो भूमिका पाउनका लागि उनले १२ वर्ष संघर्ष गर्नुपरेको थियो । अनुराग कश्यपको फिल्म ‘ग्यान्स अफ वासेपुर’ ले उनको भाग्य बदलेको थियो । 
 
‘बदलापुर’, ‘रईस’, ‘ठाकरे’, ‘किक’, ‘मन्टो’, बजरंगी भाइजान’, ‘सेक्रेड’ जस्ता कयौं फिल्ममा आफ्नो अभिनयको जादू छरिसकेका छन् । आज नवाजुद्दीन सिद्दीकीका कयौं प्रशंसक छन्, तर यसको बावजूद पनि उनी आफूलाई ‘स्टार’ को श्रेणीमा राख्न मन पराउँदैनन् । हालै आईएएनएससँगको कुराकानीमा उनले आफूलाई स्टार भन्न नरुचाउने बताए ।
 
‘म यस्तो चिजमा विश्वास गर्दिनँ । स्टार, सुपरस्टार या मेगास्टारको रूपमा चिनिएपछि कलाकारलाई रुढिबद्ध गर्ने गरिन्छ र उनीहरुलाई एउटै जस्तो काम गर्न दिइन्छ,’ उनले अगाडि भने, ‘वास्तविक कलाकार त्यही हुन्छ, जो भिन्न भिन्न चरित्र निभाउँछ । यदी स्टार श्रेणीमा फसियो भने सीमाबद्ध भएर बस्नु पर्छ । त्यसैले म आफूलाई ‘स्टार’ भन्न रुचाउँदिनँ ।’
 
उनलाई लाग्छ स्टारको ट्यागले एक कलाकारको विकासलाई रोक्छ । उनी आफू कम्फर्ट जोनमा फसेर बस्न नचाहने बताउँछन् । एक कलाकारका लागि कम्फर्ट जोनबाट बाहिर निस्कन आवश्यक हुने उनको जिकिर छ । उनी भन्छन्, ‘म बहुमुखी बन्न चाहन्छु । यदी म आफूलाई स्टार सम्झन थालेँ भने घमण्ड आउन सक्छ र यसले मेरो कौशलमा बाधक गर्न सक्छ ।’
Most Visited News (monthly)