
२०१९ मा हिन्दी बक्सअफिसमा रिलिज भएका २४६ फिल्म (हलिउड र अन्य भाषाका हिन्दी भर्जनसहित) ले संयुक्त रुपमा ५ हजार ५ सय करोडको व्यापार गरेको छ । तर, २४६ फिल्ममध्ये २०१९ मा मात्र ३४ फिल्म सफल भएका छन् । अर्थात् सफल फिल्मको प्रतिशत १३.८२ प्रतिशत रहेको बलिउड भाष्करको समाचारमा उल्लेख छ । ८६. १८ प्रतिशत फिल्म फ्लप भए ।

शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्यो काले’ को सेयरलाई लिएर काठमाडौंका वितरकद्वय गोपालकाजी कायस्थ र करण श्रेष्ठबीच भएको विवाद अझै साम्य भएको छैन । वितरक कायस्थले काठमाडौंका प्रायः सबै हलबाट करणले आफूलाई जानकारी नै नगराइ सेयर उठाएको भन्दै नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघको संयुक्त कार्यदलमा बिहीबार निवेदन दिएका थिए ।

२०७२ सालमा प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’ को सिक्वेलबाट चर्चित लोक गायक प्रकाश सपुतले हिरोको रुपमा डेब्यू गर्ने भएका छन् । ‘बोल माया’ बोलको गीतबाट चर्चामा आएका उनी बाल्यकालदेखि नै हिरो बन्न चाहन्थे । उनी काठमाडौं पनि गायक नभइ हिरो बन्न आएका थिए । अब उनको हिरो बन्ने सपना फिल्म ‘परदेशी २’ बाट पूरा हुने भएको छ ।

एक समय नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका चकलेटी अभिनेता राजबल्लभ कोइराला बैबाहिक जीवनमा बाँधिएको दुई वर्षपछि पिता बन्न लागेका छन् । आइतबार सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर साझेदार गर्दै उनले आफू पिता बन्न लागेकोमा खुसी व्यक्त गरेका छन् । साथै, उनले आफू छोरीको पिता बन्न लागेको पनि जानकारी दिएका छन् ।

साउथ सुपरस्टार किच्चा सुदीपले हाल प्रदर्शनरत बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘दबंग ३’ मा भिलेनको भूमिका निभाएका छन् । यो फिल्ममा उनी बलीको भूमिकामा छन्, जसका कारण सलमान उर्फ चुलबुल पान्डेको जिन्दगी बदलिन्छ । फिल्ममा उनको भूमिका र अभिनयलाई दर्शकले निकै रुचाएका छन् । तर, फिल्मले भने बक्सअफिसमा कमाल गर्न सकेन ।

‘मिस नेपाल’ का ताजधारी सुन्दरीहरु प्रायः ग्ल्यामर फिल्ड (फिल्म) मा आबद्ध छन् । प्रथम ‘मिस नेपाल’ रुबी राणादेखि उषा खड्गी, मलिना जोशी, सृष्टि श्रेष्ठ, जेनिशा मोक्तान, माल्भिका सुब्बा, झरना बज्राचार्य, निकिता चाण्डकसम्मले नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाइसकेका छन् । ‘मिस नेपाल’ को विजेता भएपछि निर्माता/निर्देशकहरु फिल्मको अफर गर्न पुगिहाल्छन् ।

