
गएको शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘दबंग’ को तेस्रो सिरिजले बक्सअफिसमा सुखद व्यापार गरिरहँदा शुक्रबार बलिउड सुपरस्टार सलमान खानले आफ्नो ५४ औं जन्मदिन सेलिव्रेट गर्दैछन् । उनको जन्म २७ डिसेम्बर १९६५ मा इन्दौरको कल्याणमल नर्सिङमा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो । उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो ।

फिल्म वितरक, हल सञ्चालक तथा फिल्म निर्माता गोपालकाजी कायस्थले नेपाल भाषाको फिल्म निर्माण गर्ने गरेका छन् । उनको निर्माण रहने नेपाल भाषाको फिल्म ‘छंगु जिगु माया रतन’ को बिहीबार साँझ राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । सुखावती मल्टी प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो फिल्मलाई सुरेन्द्र तुलाधरले निर्देशन गर्दैछन् । कथा पनि उनकै हो ।

केही नेपाली फिल्ममेकर यस्ता छन्, जो फिल्म रिलिज अगाडिसम्म कलाकारको लुक्स र भूमिका बाहिर ल्याउँदैनन् । सुटिङ सेटबाटै यी सबै कुरा सार्वजनिक गर्दा रिलिजको बेलासम्म दर्शकमा फिल्मप्रति चासो नरहने उनीहरुको बुझाइ छ । जुन एक हदसम्म सही पनि हो । छायांकन सेटबाटै कलाकारको लुक्स र भूमिका सार्वजनिक गर्दा दर्शकलाई हलसम्म जाने जाँगर नै मर्छ ।

नेपालीहरुको महान पर्व दशैंमा फिल्म प्रदर्शन गर्न नेपाली निर्माताबीच ठूलो रस्साकस्सी हुने गरेको छ । फिल्मको लगानी उठाउन दशैं विदा सबैभन्दा बढी उपयुक्त हुने भएकाले निर्माताहरु वर्ष दिन अगाडि नै दशैंका लागि फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप गरिरहेका हुन्छन् । हरेक वर्षझैँ अर्को वर्ष (२०७७) को दशैंमा पनि नेपाली फिल्मबीच ठूलो भिडन्त हुने देखिएको छ ।

अभिनेत्री करीना कपूर खान बलिउडमा प्रवेश गरेको २० वर्ष भैसकेको छ । यो बीचमा उनले एकसेएक उम्दा फिल्म दिइसकेकी छन् । सन् २००० मा फिल्म ‘रिफ्यूजी’ बाट बलिउडमा डेब्यू गरेकी उनको करिअर अहिले सफलताको उत्कर्षमा छ । २० वर्ष लामो फिल्म करिअरमा उनले कुनै फिल्मका लागि अडिसन दिएकी थिइनन् । उनलाई आफैं फिल्मको अफर मिल्दै गयो ।

नेपाली नयाँ वर्ष फिल्म प्रदर्शनका लागि उपयुक्त समय मानिन्छ । त्यसैले नयाँ वर्षमा फिल्म प्रदर्शन गर्न निर्माताबीच ठूलो हानाथाप हुन्छ । गत वर्षको नयाँ वर्षमा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ प्रदर्शनमा आएका थिए । यस वर्षको अन्तिममा दुई हिट फिल्मको तेस्रो सिरिज एकसाथ प्रदर्शनमा आउँदैछन् । ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ बीच आउँदो चैत २८ गते बक्सअफिसमा भिडन्त हुँदैछ ।

