Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8863 - 8868 of 24024
फिल्मीखबर, काठमाडौं, 2019-12-26, बिहिवार
लगातार फिल्म बक्सअफिसमा असफल भए पनि अभिनेत्री वर्षा सिवाकोटीको व्यस्तता घटेको छैन । ‘नाईं नभन्नू ल २’ बाट अभिनयमा डेब्यू गरेकी यी अभिनेत्रीले यसपछि दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनी पछिल्लो पटक फिल्म ‘वीर विक्रम २’ मा देखिएकी थिइन् । तर, दुर्भाग्यको कुरा के छ भने उनले आजसम्म हिटको सुख प्राप्त गर्न सकेकी छैनन् । 
फिल्मीखबर, काठमाण्डौ, 2019-12-26, बिहिवार

एक समय नेपाली फिल्ममा राम्रो दबदबा कायम गरेका कलाकारहरु अहिले अधिकांश विदेश पलायन भैसकेका छन् । नेपाली फिल्ममा नयाँ पुस्ताको आगमन बढेसँगै उनीहरु सुरक्षित भविष्य खोज्दै विदेशिएका हुन् । यद्यपि, एकाध कलाकारहरु भने अझै फिल्ममै सक्रिय छन् । तर, विदेश पलायन भएका कलाकारहरु पुनः नेपाली फिल्ममा फर्किएको निकै कम उदाहरण छन् ।

फिल्मीखबर, काठमाडौं, 2019-12-25, बुधवार

गएको दशैंमा आफू गर्भवति भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी अभिनेत्री विनिता बरालले क्रिसमस डेको अघिल्लो दिन (मंगलबार) छोरीलाई जन्म दिएकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू छोरीको आमा भएको जानकारी दिएकी हुन् । छोरीसँगको फोटो साझेदार गर्दै उनले ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन् । 

एजेन्सी, मुम्बई, 2019-12-25, बुधवार

अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ ले प्रदर्शनको ५ दिनमा सय करोडको आँकडा पार गरेको छ । कमजोर ओपनिङ गरेको फिल्मले पहिलो दिन बक्सअफिसमा २४ करोड ५० लाख, दोस्रो दिन २४ करोड ७५ लाख, तेस्रो दिन ३१ करोड ९० लाख र चौथो दिन १० करोड ७० लाख छापेको थियो । फिल्मले पाँचौ दिन १२ करोड कमाउँदै सय करोडमा नाम लेखाएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-25, बुधवार

सम्भवतः ‘चपली हाइट’ यौन मनोविज्ञानमा आधारित भएर निर्माण भएको पहिलो नेपाली फिल्म हो । त्यसअघि नेपालमा यो जनराका फिल्म बनेका थिएनन् । रुनाधोना, एक्सन र लभस्टोरी फिल्मकै बोलबाला थियो । एकैखाले फिल्म हेरेर आजित भएका दर्शकलाई नयाँ स्वाद दिन निर्माता अर्जुन कुमारले ‘चपली हाइट’ बनाए । र, फिल्मबाट अभिनेत्री विनिता बरालले डेब्यू गरिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-12-25, बुधवार

गत वर्षको फिल्म ‘रणवीर’ बाट डेब्यू गरेकी अभिनेत्री हुन्, सुपुष्पा भट्ट । यो फिल्मले बक्सअफिसमा घुँडा टेके पनि उनको अभिनय र सुन्दरता भने निकै रुचाइयो । फिल्म रिलिज अगाडिसम्म उनी अभिनेत्री शुवेक्क्षा खड्काको छाँयामा पर्ने अनुमान गरिएको थियो । तर, नतिजा भने अनुमान विपरित आयो । शुवेक्क्षाभन्दा भूमिका छोटो भए पनि तारिफ सुपुष्पाको भयो ।

Results : 8863 - 8868 of 24024
Most Visited News (monthly)