Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अझै रोकिएन अजयको ‘तानाजी’ को कमाई

एजेन्सी, मुम्बई, 2020/02/25
 
बलिउड सुपरस्टार अजय देवगन अभिनीत फिल्म ‘तानाजी : द अनसंग वारियर’ ले प्रदर्शनको ४२औं दिनपछि पनि बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले अहिलेसम्म भारतीय बजारमा कूल २ सय ७६ करोड ९० लाखको व्यापार गरेको छ । त्यस्तै, फिल्मले विश्वभर ३ सय ५० करोडको कमाई गरेको भारतीय मिडियाले बताएका छन् । यो अजयको सयौं फिल्म समेत हो । 
 
ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटरमा फिल्मको कलेक्सन आँकडा साझेदार गर्दै लेखेका छन्, ‘फिल्मले अहिलेसम्म २ सय ७६ करोडको व्यापार गरेको छ । गएका हप्तामा थुप्रै ठूला फिल्म रिलिज भए । यसका बावजूद पनि फिल्मले राम्रो कमाई गर्‍यो । जबकि, फिल्म थोरै स्क्रिनमा प्रदर्शन भैरहेको छ ।’ ‘तानाजी’ यस वर्षको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म सावित भएको छ । 
 
‘तानाजी’ ले ‘कबीर सिंह’ र ‘बाहुबली २’ जस्ता फिल्मको रेकर्ड समेत तोडेको छ । त्यस्तै, यो फिल्म अजयको करिअरको सबैभन्दा ठूलो हिट फिल्म पनि बनेको छ । प्रदर्शनको समयमा यो फिल्मलाई लिएर दर्शकमा जबरजस्त क्रेज थियो, जुन अहिलेसम्म पनि कायमै छ । सय करोड क्लबमा अभिनेता अजयको यो नवौं फिल्म हो । फिल्म १० जनवरीबाट प्रदर्शनमा आएको थियो । 
 
ओम राउत निर्देशित ‘तानाजी : द अनसंग वारियर’ मा अभिनेता अजय देवगनसँगै काजोल र सैफ अली खानको प्रमुख भूमिका छ । यो फिल्म सत्रौं शताब्दिका मराठा योद्धा तानाजी मालुसरेको जीवनमा आधारित छ । फिल्ममा खलनायकको भूमिकामा देखिएका सैफ अली खान र अजयको श्रीमतीको भूमिका निभाएकी काजोलको दुई सय करोड क्लबमा सामेल हुने यो पहिलो फिल्म हो । 
Most Visited News (monthly)