Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाका लागि प्रचण्डकी नातिनीले गाइन् गीत

फिल्मीखबर, काठमाण्डौ, 2020/02/26
 
अभिनेत्री रेखा थापाले अभिनय र निर्माण गर्ने बेनामे फिल्मको गीतमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहालले आफ्नो स्वर रेकर्ड गराएकी छन् । यसै साता राजधानीका एक रेकर्डिङ स्टूडियोमा उनले फिल्मको गीत गाएकी हुन् । बाह्र वर्षको उमेरदेखि नै गीत गाउन थालेकी उनले गाएका ‘मायालु तिमी कता छौं’ र ‘कल्लाई था छैन्’ गीत हिट छन् ।
 
स्मिताले गाएको गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको छ भने एरेञ्ज उदयराज पौडेलले गरेका हुन् । ‘मायालु तिमी कता छौं’ गीत सुनेपछि रेखा र बसन्तले स्मितालाई फिल्मको गीत गाउन दिएका हुन् । गीतमा नेपाल आइडल फेम्ड प्रताप दासले पनि आफ्नो स्वर रेकर्ड गराइसकेका छन् । प्रताप र स्मिताको स्वरले गीतलाई जीवन भरेको संगीतकार सापकोटा बताउँछन् । 
 
संगीतकार सापकोटा रेखा फिल्मस्को यो गीतलाई लिएर निकै उत्साहित छन् । ‘जसरी मैले संगीत भरेका ‘सिम्पल सिम्पल कान्छी’ र  ‘स्लोली स्लोली’ गीत दर्शकमाझ सुपरहिट भएका थिए । रेखा जीको नयाँ फिल्मको यो गीत पनि सुपरहिट हुन्छ भन्ने विश्वास लिएको छु’, संगीतकार सापकोटा भन्छन् । अभिनेत्री रेखा थापा पनि फिल्मको यो गीतलाई लिएर निकै आशावादी छिन् । 
 
नाम घोषणा नगरिएको फिल्मलाई निर्देशन गर्ने जिम्मेवारी सविर श्रेष्ठको काँधमा छ । यसअघि उनले रेखालाई लिएर ‘तथास्तु’ र ‘कसले चोर्‍यो मेरो मन’ फिल्मको निर्देशन गरेका थिए । रेखा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा रेखाका अलावा सौगात मल्ल र दयाहाङ राईको पनि मुख्य भूमिका रहनेछ । बैशाखबाट छायांकन सुरु हुने फिल्म तिहारमा रिलिज हुनेछ ।
Most Visited News (monthly)