Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 5.00/5.00)
Text size:-
+
-

माधव वाग्लेको ‘पारस’ मा अनमोल अनुबन्ध

फिल्मीखबर, काठमाण्डौ, 2020/02/25
 
‘लुट’ निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको फिल्म ‘पारस’ मा अभिनेता अनमोल केसी अनुबन्ध भएका छन् । निर्माता द्वय भुवन केसी र माधव वाग्लेबीच लामो छलफलपछि अनमोल फिल्ममा भित्रिएका हुन् । मंगलवार दिउँसो निर्माता वाग्ले र अभिनेता अनमोलबीच कागजी सम्झौता भएको छ । भुवन केसी निर्माता रहने फिल्म सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । 
 
अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन भ्याएपछि ‘पारस’ गर्नेछन् । निर्माताबाट निर्देशक बन्न लागेको माधव वाग्लेले फिल्मको छायांकन बैशाख दोस्रो साताबाट सुरु हुने जानकारी दिए । यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । अनमोलले ‘ए मेरो हजुर ४’ पछि ‘पारस’ गर्ने भएपछि फिल्म ‘एन्टी हिरो’ को छायांकन फेरि पछाडि धकेलिएको छ । 
 
निर्माता माधव वाग्लेले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दा अभिनेतामा निश्चल बस्नेतको नाम राखेका थिए । फिल्मको नाम दर्ता गर्दा एक जना कलाकारको नाम राख्नुपर्ने नियमका कारण उनले आफ्नो बोली टार्न नसक्ने निश्चलको नाम लेखेका थिए । तर, फिल्मका लागि भने उनको पहिलो रोजाई अनमोल नै हुन् । अनमोललाई फिल्म ‘पारस’ को स्क्रिप्ट निकै मन परेको छ । 
 
 
एक दर्जन फिल्म निर्माण गरिसकेका माधव वाग्ले निर्माता सधैं मुर्गा मात्र हुने तर फाइदा कलाकार र निर्देशकलाई हुने अवस्थाका कारण आफैंले फिल्मको क्याप्टेनसिप सम्हाल्न लागेको बताउँछन् । गत वर्ष नक्कली नोट छापेको आरोपमा तीन महिना जेल जीवन समेत विताएका उनले एक दशकदेखि निर्माताको रुपमा बटुलेको अनुभवबाट फिल्म निर्देशन गर्न लागेको बताएका छन् । 
Most Visited News (monthly)