
नेपाली फिल्ममा एक्सनमा नयाँ ट्रेन्ड स्थापित गर्ने अभिनेता हुन्, विराज भट्ट । लामो कपाल, बोल्ड आवाज र सगठित शरीर बोकेर नेपाली फिल्ममा भित्रिएका उनले आफूलाई ‘एक्सन स्टार’ को रुपमा स्थापित गरेका छन् । कुनै समय पोस्टरमा उनको टाउको राखेको भरमा हलमा दर्शकको ठूलो भीड लाग्थ्यो । उनलाई फिल्ममा लिएपछि लगानी सुरक्षित हुने विश्वास निर्मातामा हुन्थ्यो ।

एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता विराज भट्टको अभिनय, निर्माण र डेब्यू निर्देशनमा बनेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म ‘साङ्लो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता विराजको एक्सनलाई प्राथमिकता दिइएको छ । ट्रेलर कमर्शियल बनेको छ ।

‘इन्टु मिन्टु लण्डनमा’ बाट डेब्यू गरेका अभिनेता धिरज मगरको फिल्ममा प्रवेश गर्नुभन्दा अगाडि नै राम्रो क्रेज थियो । यूट्युब भ्लगबाट राम्रो फ्यान कमाएका उनलाई फिल्ममा पनि दर्शकले निकै रुचाए । डेब्यू फिल्ममा उनको अभिनयको निकै प्रशंसा भएको थियो । कतिपयले अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी थ्रेट हुनसक्ने समेत विश्लेषण गरेका थिए ।

लगातार फिल्म असफल भएर पनि व्यस्ततामा कुनै कमी नआएकी अभिनेत्रीमा पर्छिन्, केकी अधिकारी । फिल्म ‘स्वर’ बाट अभिनयमा डेब्यू गरेकी यी सुन्दरीले एक दशक लामो फिल्मी करिअरमा पहिलो हिट फिल्म दिइन्, ‘छ माया छपक्कै’ । २५ वटा सुपरफ्लप फिल्मपश्चात् उनको खातामा हिट फिल्म परेको हो । यद्यपि, यो फिल्म हिट भए पनि उनले क्रेडिट भने पाइनन् ।

अक्षय कुमार र करीना कपूर खान स्टारर फिल्म ‘गुड न्यूज’ लाई दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको यो फिल्मले पहिलो विकेन्डमा बक्सअफिसमा ५० करोडको आँकडा पार गर्न सफल भएको थियो । यसबीच, प्रदर्शनको ६ दिनमा फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ ।

विश्वमै लोकप्रिय बनेको टिकटकबाट नेपालमा धेरै सेलिब्रेटी जन्मिसकेका छन् । जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा पनि टिकटकबाटै ‘स्टार’ भएका हुन् । यी दिदी बहिनीले एकसाथ बनाएको टिकटक भिडियोलाई लाखौंले हेर्ने गरेका छन् । उनीहरुको एक्सप्रेसन र सुन्दरताको हजारौं दिवाना छन् । यी ‘ट्वीन्स गर्ल’ लाई मन पराउनेहरु नेपालीसँगै विदेशीहरु पनि छन् ।

