
सौन्दर्य प्रतियोगिताका विजेताहरुले प्रायः ग्ल्यामर फिल्ड रोज्ने गरेका छन् । सौन्दर्य प्रतियोगितामा भाग लिएका थुप्रै विजेताहरुले नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाइसकेका छन् । ‘मिस नेपाल’ का ताजधारी सुन्दरीहरु रुबी राणादेखि निकिता चाण्डकसम्मले नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । सुन्दरी अभिनेत्री प्रियंका कार्की पनि व्यूटी प्याजेन्टबाटै आएकी हुन् ।

बलिउड सुपरस्टार शाहरुख खान गएको एक वर्षदेखि कुनै फिल्ममा देखिएका छैनन् । गत वर्ष उनी अभिनीत फिल्म ‘जीरो’ प्रदर्शनमा आएको थियो । तर, यो फिल्म बक्सअफिसमा असफल भएपछि उनले पर्दामा फर्किन हतार गरेका छैनन् । फिल्मबाट एक वर्ष ब्रेक लिएका कारण उनका फ्यानको पखाईको बाँध टुटेको छ । उनलाई सिल्भर स्क्रिनमा हेर्न दर्शक आतुर छन् ।

आजभोली जो कोहीका लागि प्रेम अभिव्यक्त गर्ने सजिलो माध्यम बनेको छ, सामाजिक सञ्जाल । आम सर्वसाधारण हुन् वा सेलिव्रेटी, आफ्नो जोडीप्रति प्रेम दर्शाउन सामाजिक सञ्जालको सहारा लिने गर्दछन् । अभिनेता प्रदीप खड्का पनि आफ्नो जोडीप्रति प्रेम भाव व्यक्त गर्न सामाजिक सञ्जालमा बाक्लै आफ्नो तस्विरसहित प्रेमिल शब्द लेखेर पोस्ट्याइरहेका हुन्छन् ।

अभिनेता अनमोल केसीलाई ‘स्टार’ बनाएको फिल्म ‘होस्टेल’ को सिक्वेलबाट डेब्यू गरेका अभिनेता हुन्, सुशील श्रेष्ठ । यो फिल्म रिलिजताका उनको निकै चर्चा भएको थियो । फिल्म पनि बक्सअफिसमा सफल हुँदा उनलाई धेरैले सम्भावना बोकेको अभिनेताको रुपमा लिए । चकलेटी लुक्स, लोभलाग्दो हाइट र आकर्षक शरीरका कारण उनी डेब्यू फिल्मबाटै दर्शकमाझ चिनिएका थिए ।

नेपालका टिकटक स्टार हुन्, प्रिज्मा र प्रिन्सी खतिवडा । यी जुम्ल्याहा दिदी बहिनीले एकसाथ बनाएको टिकटक भिडियो लाखौंले हेर्ने गर्दछन् । टिकटकबाटै सेलिब्रेटी भएका उनीहरुले केही म्यूजिक भिडियोमा पनि अभिनय गरिसकेका छन् । यी दुईलाई फिल्ममा लिन चाहने निर्माताको लाइन पनि निकै लामो छ । तर, उनीहरु तत्काल हिरोइन भएर पर्दामा आउने सोचमा छैनन् ।

आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरीज’ को दोस्रो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘छम छम’ बोलको गीतमा फिल्मका प्रमुख अभिनेता सुशील र नव-अभिनेत्री रुबिना थापासँगै ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाले ठुम्का लगाएका छन् ।

