Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘हाथी मेरे साथी’ का लागि राणाले घटाए ३० केजी तौल

एजेन्सी, मुम्बई, 2020/02/26
 
२०२० को ठूलो एडभेन्चर ड्रामा फिल्म ‘हाथी मेरे साथी’ मा अभिनेता राणा दग्गुबाती मुख्य भूमिका छन् । इरोस इन्टरनेसनल प्रोडक्शनले राणालाई तमिलमा ‘कदान’ र विष्णु विशालसँगै तेलुगुमा ‘अरण्या’ का मुख्य अभिनेताको रूपमा प्रस्तुत गरेको छ । त्यस्तै, हिन्दी फिल्म ‘हाथी मेरे साथी’ मा पुलकित सम्राटसँगै श्रिया पिलगांवकर र जोया हुसेन विशेष भूमिकामा देखिनेछन् । 
 
दुई अगाडि अगाडि बक्सअफिसमा धूम मच्चाएको फिल्म ‘बाहुबली’ मा भल्लाल देवको भूमिका निर्वाहा गरेपछि चर्चामा आएका राणाले ‘हाथी मेरे साथी’ का लागि कडा मिहेनत गरेका छन् । जबदेखि निर्माण टिमले फिल्ममा रहेको उनको लुक्स सार्वजनिक गर्‍यो, त्यसबेलादेखि दर्शकको उत्सुकता बढेको छ । राणालाई बनदेव नामक एक जंगल म्यानको भूमिकामा देखाइएको छ । 
 
फिल्ममा आफ्नो लुक्सका लागि राणाले खानपिनमा कडा पालन गरेका छन् र ३० केजीभन्दा धेरै वजन घटाएका छन् । फिल्ममा उनी लामो दाह्री र ग्रे रंगको कपालमा देखिनेछन् र पूरा फिल्ममा काँध झुकेको हुनेछ । निर्माताले दग्गुबातीको चरित्रलाई अलग देखाउने कोशिश गरेका छन् र फिल्मको छायांकन सुरु हुनुभन्दा अगाडिसम्म उनको लुक्स सार्वजनिक गरिएको थिएन । 
 
फिल्मका लागि फिजिकल ट्रान्सफर्मेशनको बारेमा राणाले भनेका छन्, ‘प्रभु सर चाहनुहुन्थ्यो कि सबै रियल र अर्गानिक होस् । मेरो लागि ३० केजी तौल घटाउन निकै मुश्किल थियो । किनकि, म बडी फिजिकवाला हुँ । बनदेवको यो चरित्रमा दुब्लो देखिनका लागि मैले व्यापक फिजिकल ट्रेनिङ लिनुपर्‍यो । यो मेरो लागि अद्भुत र सिक्ने अनुभव रह्यो ।’ फिल्म २ अप्रिलमा रिलिज हुँदैछ । 
Most Visited News (monthly)