Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8833 - 8838 of 24024
फिल्मीखबर, काठमाडौं, 2020-01-02, बिहिवार

कलाकारिता क्षेत्रमा जमेको नाम हो, सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ । तर, २०७२ सालमा नेपालमा आएको महाभूकम्पपछि उनीहरुको बाटो मोडियो । भूकम्पपछि भूकम्प पीडितहरुका लागि आवास पूननिर्माण र सामाजिक कार्यमा होमिएपछि यो जोडीले अभिनयबाट दूरी बनाए । तीन ठाउँमा बस्ती निर्माण गरिसकेका ‘धुर्मुस-सुन्तली’ गएको केही महिनायता चितवन भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खटिएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2020-01-01, बुधवार

लगातार फिल्म असफलता भएपछि पलायनको बाटो रोज्ने नेपाली सेलिब्रेटीको भीडमा अट्छन्, अभिनेता जीवन लुईंटेल । एक समय नेपाली फिल्ममा आफ्नो बलियो साम्राज्य बनाएका उनी गएको दुई वर्षयता परिवारसहित अमेरिकामा बस्दै आएका छन् । असफल फिल्मको संख्यामा पूर्णविराम नलाग्नु र फिल्म अफर हुन छाडेपछि उनी अमेरिका भााँसिएको कतिपयको टिप्पणी छ ।

एजेन्सी, मुम्बई, 2020-01-01, बुधवार

हरेक वर्ष बलिउडले योङ ट्यालेन्टलाई मौका दिँदै आएको छ । २०१९ मा थुप्रै नयाँ अनुहारले बलिउडमा इन्ट्री लिए । तर, एकाध मात्र सफल भए । यो शिलशिला २०२० मा पनि जारी हुने देखिएको छ । २०२० मा केही नयाँ अनुहारले आफ्नो अभिनयको जादू छर्दैछन् । यसमा स्टारकिड्सदेखि साउथ स्टार समेत सामेल छन्, जो पहिलो पटक बलिउड फिल्ममा देखिँदैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-01-01, बुधवार

आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी फिल्म ‘दि कर्मा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेण्ड लामो ट्रेलर एक्सन प्रधान छ । फिल्मको मूलकथा प्रस्ट्याउन खोजिएको ट्रेलरमा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामाङलाई देख्न सकिन्छ । ट्रेलरमा परमिता र बुद्दीलाई नेगेटिभ भूमिकामा देखाइएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-01, बुधवार

‘परदेशी’ र ‘गोर्खा पल्टन’ फिल्मका निर्देशक नारायण रायमाझी करीब ४ वर्षपछि फिल्म निर्देशनमा फर्किँदैछन् । उनी अहिले २०७२ सालमा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल निर्माणको तयारीमा छन् । कथा फाइनल गरेर कलाकार छनोटमा जुटेका उनले केही दिन अगाडि प्रमुख भूमिकामा अहिलेका चर्चित लोक गायक प्रकाश सपुतलाई अनुबन्धित गराएका थिए । 

फिल्मीखबर, काठमाडौं, 2019-12-31, मंगलवार

अभिनेता नाजिर हुसेनलाई नचिन्ने फिल्मप्रेमी कमै होलान् । रंगमञ्च हुँदै ‘होस्टेल रिर्टन्स’ बाट फिल्म करिअर सुरु गरेका उनी डेब्यू फिल्मबाटै चम्किएका थिए । यसमा उनले मधेशी पात्रको भूमिका निभाएका थिए । यो फिल्मपछि उनलाई सहायक चरित्रमा लिएर फिल्म बनाउने निर्माताको भीड नै लाग्यो । अहिलेसम्म उनले एक दर्जनभन्दा बढी फिल्ममा आफ्नो अभिनय देखाइसकेका छन् । 

Results : 8833 - 8838 of 24024
Most Visited News (monthly)