
नेपालमा इन्टरनेटको पहुँच बढेसँगै अहिले हलमा महँगो टिकट काटेर नेपाली फिल्म हेर्ने दर्शकको संख्यामा कमी आउँदै गएको छ । हलमा रिलिज भएको ३ महिनादेखि ६ महिनाभित्र यूट्युबमै फिल्म रिलिज हुने हुँँदा दर्शक हलमा गएर २ घण्टा विताउन झर्को मान्छन् । हलमा भन्दा यूट्युबमा फिल्मको प्रतिक्षा गर्ने दर्शकको संख्या बढ्दा त्यसले हलको व्यापारमा ठूलो असर गरेको छ ।

अभिनेता सौगात मल्ल अहिलेका डिमान्डेड अभिनेतामध्ये एक हुन् । लगातार फिल्म असफल भइरहे पनि उनलाई फिल्ममा लिन निर्माताबीच केही वर्ष अगाडिसम्म जस्तो हानाथाप हुन्थ्यो त्यो अहिले पनि कायमै छ । संख्यात्मक अभिनयमा जोड दिँदा छोटो समयमै लोभलाग्दो क्रेज गुमाएका सालिन स्वभावका यी हिरो पछिल्लो पटक फिल्म ‘माछा माछा’ मा देखिएका थिए ।

बलिउड सुपरस्टार अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मलाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । बक्सअफिसमा पनि फिल्मले सानदार ओपनिङ गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गरेको छ ।

अभिनेत्री रेखा थापाको एकछत्र राज तोड्दै नेपाली फिल्ममा जबरजस्त रुपमा प्रवेश गरेकी प्रियंका कार्कीलाई केही वर्ष अगाडिसम्म ‘नम्बर वान अभिनेत्री’ भन्ने गरिन्थ्यो । मेकरहरु उनलाई फिल्ममा लिन हानाथाप गर्थे । आफ्नो राम्रो क्रेज भएको बेला उनले थुप्रै फिल्ममा अभिनय गरिन् । तर, गुणस्तरिय फिल्ममा ध्यान नदिँदा उनले आफ्नो क्रेज लामो समय बचाइराख्न सकिनन् ।

गएको १५ दिनदेखि मनाङको माइनस डिग्री चिसोमा छायांकन भैरहेको फिल्म ‘प्रेमगीत ३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ र मनिष राउतको क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको निर्माण टिमले शुक्रबार ‘राते काइँला’ को रुपमा परिचित सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

गएको कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आएको शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्यो काले’ को सेयरलाई लिएर वितरक द्वय गोपालकाजी कायस्थ र करण श्रेष्ठबीच लफडा भएको छ । वितरक कायस्थले आफूलाई जानकारी नै नगराइ करणले हलबाट पैसा उठाएको भन्दै नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघको संयुक्त कार्यदलमा बिहीबार निवेदन दिएका छन् ।

