
नवीन पन्तको निर्देशनमा फिल्म ‘बाकस’ बन्ने भएको छ । बिहीबार गुरु पूर्णिमाको अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । तिहारपछि छायांकन सुरु हुने फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।

क्याप्टेन तथा सञ्चार उद्यमी रामेश्वर थापाको जीवनकथामा आधारित भएर फिल्म ‘क्याप्टेन साब’ बन्ने भएको छ । बिहीबार गुरु पूर्णिमाको अवसर पारेर काठमाडौंको गौरीघाटमा शुभ मुहूर्त गर्दै फिल्मबारे जानकारी गराइयो । व्यवसायी डा. उपेन्द्र महतोले क्ल्याप ठोकेर फिल्मको मुहूर्त गरेका थिए । कार्यक्रममा क्याप्टेन थापा पनि उपस्थित थिए ।

यो महिनाको पहिलो र अन्तिम फिल्मको रुपमा यही शुक्रबारबाट फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आउने तयारीमा छ । देशभक्ति भावनाको कथावस्तुमा आधारित यो फिल्मको बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरियो । फिल्मकर्मीदेखि अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको प्रिमियरमा अधिकांशले फिल्मको कथावस्तुको प्रशंसा गरेका छन् ।

आगामी भदौबाट छायांकनको तयारीमा रहेको फिल्म ‘जदौ’मा यतिबेला कलाकारहरू भित्रिने क्रम जारी छ । अभिनेता मुकुन भुसाल र अभिनेत्री नीति शाह अनुबन्धित भइसकेको फिल्ममा अब अर्की अभिनेत्री ऋचा शर्मा (राणा)को प्रवेश भएको छ । उनले मंगलबार फिल्म सम्झौता गरेकी हुन् ।

आगामी साउन २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सिटामोल’को प्रचार सामाग्रीको रुपमा टिजर र एक गीत (झुम्का कानैमा) सार्वजनिक भइसकेको छ । दुई हप्ताको अन्तरालमा रिलिज भएका यी दुवै सामाग्रीले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेलेका छन्। विशेषगरी टिजरले फिल्मप्रति दर्शकमा आशा र अपेक्षा जगाएको छ। युट्युबमा प्राप्त प्रतिक्रियाले पनि त्यो दर्शाउँछ ।

अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरले एकपटक फेरि फिल्ममा सहकार्य गर्ने भएका छन् । कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’को निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘मैझारो’मा उनीहरुको जोडी बाँधिन लागेको हो । यसअघि उनीहरुले फिल्म ‘कुस्ती’मा एकसाथ काम गरिसकेका छन् । यो फिल्म रिलिज हुन बाँकी छ ।

