
यतिबेला धेरै निर्माताको नजर फागुन १ मा छ । त्यसको कारण हो, सार्वजनिक विदाको लस्कर । उक्त मितिमा फिल्म रिलिज गर्दा शनिबारबाहेक महाशिवरात्री, ग्याल्पो ल्होछार र प्रजातन्त्र दिवस गरी तीनवटा विदा मिल्नेछ । एउटा विदाका लागि त लडाइँ गर्ने निर्माताहरु एकै सातामा तीनवटा विदा देखेपछि अहिले फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गर्न हानाथाप गरिरहेका छन् ।

अभिनेत्री नीता ढुंगानाले पहिलो पटक निर्देशन गर्न लागेको फिल्म ‘सुख-दु:ख’लाई भारतका प्रख्यात छायाँकार कबीरलाल र उनका छोरा शाहीद लालले खिच्ने भएका छन् । केही दिनदेखि काठमाडौंमा रहेका बाबु-छोरासँग आइतबार फिल्मकी निर्मात्री समेत रहेकी नीताले कागजी सम्झौता गरेकी हुन् । यसअघि उनको फिल्म ‘ह्रस्व दीर्घ’लाई पनि कबीरलालले खिचेका थिए ।

अभिनेत्री नीति शाह डेब्यु वर्षदेखि एउटा हिट फिल्मको पर्खाइमा छिन् । ‘खजुरे ब्रो’, ‘ज्वाइँ साब’ र ‘नरसिंहा अवतार’ गरी उनका तीन फिल्म प्रदर्शनमा आइसकेको भए पनि कुनै सफल हुन सकेनन् । न त उनले प्रशंसा गर्न लायक अभिनय देखाउन सकिन् । तर, फिल्मको असफलताले उनको करिअरमा भने असर गरेको देखिँदैन । उनको पोल्टामा एकपछि अर्को फिल्म परिरहेका छन् ।

हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंसहित देशका आठवटा सहरबाट एकसाथ दुईवटा पोस्टर अनावरण गरिएको हो । केही फरक तरिकाले दर्शकको ध्यान खिच्न यो उपाय अपनाइएको निर्माण पक्षले जनाएको छ ।

यतिबेला कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पारिश्रमिकको विषयले चर्चामा छन् । केही साताअघि फिल्म ‘माग्ने राजा’को पोस्टर सार्वजनिक कार्यक्रममा यसका निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख पारिश्रमिक दिएको दाबी गरेका थिए । यसपछि केदारले ‘सबैभन्दा महँगा कलाकार’को ट्याग समेत पाए । तर, निर्माताले गरेको उक्त दाबी फण्डा मात्र रहेको खुलासा भएको छ ।

प्रदीप शाहीको निर्देशनमा बनेको साइफाइ फिल्म ‘एक्लो’ यस वर्षको जाडोयाममा प्रदर्शन हुने भएको छ । आइतबार फर्स्टलुक भिडियोमार्फत आगामी पुषमा फिल्म प्रदर्शन हुने जनाइएको हो । तर, प्रदर्शन मिति भने तोकिएको छैन । बुझिए अनुसार पुष १० गते परेको क्रिसमस–डेको विदामा फिल्म प्रदर्शन गर्ने तयारी गरिएको छ । यो मिति अहिलेसम्म कुनै फिल्मले ‘बुक’ गरेका छैनन् ।

