Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 703 - 708 of 23812
फिल्मीखबर, काठमाडौं, 2025-10-24, शुक्रवार

भाइटीकाको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ले दर्शकको राम्रो साथ पाएको छ । पहिलो दिन देशभर ६०-६५ प्रतिशत अकुपेन्सी हासिल गरेको फिल्मले सकारात्मक ‘वर्ड अफ माउथ’का कारण दोस्रो दिन पनि हलमा उत्साहजनक दर्शक तानेको छ । शुक्रबार तिहारको विदा नै भएकाले फिल्मका धेरैजसो शो विहानैदेखि भरिएका थिए । 

फिल्मीखबर, काठमाडौं, 2025-10-23, बिहिवार

कुमार कान्छा र आशा भोस्लेको लोकप्रिय गीत ‘बतासले उडाइ लाग्यो’लाई फिल्म ‘भाइरल गोर्खे’का लागि रिमेक गरिएको छ । फिल्म ‘चिनो’मा समावेश यो गीतको नयाँ भर्सन भाइटीका अवसरमा बुधबार सार्वजनिक गरिएको हो । गीतमा त्रिशला गुरुङ र दीपक लिम्बूले स्वर दिएका छन् भने संगीत रोहित शाक्यको छ । गीतका शब्द कुशुम गजमेरले लेखेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-10-23, बिहिवार

दशैंयता हलहरूमा नेपाली र विदेशी फिल्मको ठूलो चाप देखिएको छ । अहिले ‘कान्तारा’, ‘जेरी अन टप’, ‘थामा’सहित झन्डै एक दर्जन फिल्म प्रदर्शनरत छन् । यस्तैमा भाइटीकाको दिन पारेर बिहीबारदेखि हलमा दुई नयाँ फिल्म थपिएका छन् । ती हुन्, ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ । फरक कथावस्तुमा बनेका यी फिल्मले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-10-22, बुधवार

भोलि भाइटीकाको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल्टिनी’को नयाँ गीत ‘सुन सोल्टिनी’ सार्वजनिक गरिएको छ । फिल्म रिलिजको एक दिनअघि सार्वजनिक यस गीतमा एसडी योगी र बेनिशा पौडेलको स्वर रहेको छ भने शब्द तथा संगीत प्रशान्त सिवाकोटीको हो । गीतमा प्रेममा रहेका जोडीले एकअर्काप्रति व्यक्त गरेका भावनालाई प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-10-21, मंगलवार

भाइटीकाको दिन (बिहीबार)देखि प्रदर्शन हुन लागेका दुई फिल्म ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’को अग्रिम टिकट बिक्री सुरू भएको छ । दशैंदेखिका नेपाली र विदेशी फिल्महरू हलमा अझै प्रदर्शन भइरहेकाले भाइटीकाका दुई फिल्मले अपेक्षित शो भने पाउन सकेका छैनन् । मंगलबार साँझ ८ बजेसम्म दुई फिल्मले देशव्यापी कुल १२३ शो प्राप्त गरेको खल्ती एपमा देखिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2025-10-21, मंगलवार

तिहारमा घरमै बसेर फिल्म हेर्न चाहने दर्शकका लागि नेपालको अग्रणी ओटीटी प्लेटफर्म सिनेमाघर एपले गत वर्षको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ रिलिज गरेको छ । लक्ष्मीपूजाको अवसरमा सोमबार सार्वजनिक गरिएको यो फिल्म दर्शकले विश्वभरबाट २९९ रुपैयाँमा हेर्न सक्नेछन् । बक्स अफिसमा यस फिल्मले २० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो ।

Results : 703 - 708 of 23812