Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 709 - 714 of 24137
फिल्मीखबर, काठमाडौं, 2026-02-08, आईतवार

शनिबार हृदयघातका कारण निधन भएका कलाकार सुनिल थापाको अन्त्येष्टि गरिएको छ । आइतबार अपरान्ह ४ बजे पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार उनको दाहसंस्कार गरिएको हो । उनलाई छोरा अनमोलले दागबत्ती दिएका थिए । अन्त्येष्टिअघि थापाको पार्थिव शरीरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरे । 

फिल्मीखबर, काठमाडौं, 2026-02-08, आईतवार

२०८० सालको सुपरहिट फिल्ममध्ये एक हो, ‘दिमाग खराब’ । झन्डै ९ करोड रुपैयाँ ग्रस व्यापार गरेको यो फिल्मको विषयवस्तुलाई लिएर त्यसबेला ठूलो चर्चा र बहस भएको थियो । कतिपयले रास्वपा र बालेन शाहका लागि निर्देशक निश्चल बस्नेतले फिल्म बनाएको आरोप समेत लगाएका थिए । किनकि, फिल्मले वैकल्पिक राजनीति र स्वतन्त्र उम्मेदवारको पक्षमा वकालत गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-02-08, आईतवार

दिवंगत कलाकार सुनिल थापाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ । आइतबार बिहान नर्भिक अस्पतालमा उनको परिवारले शव बुझेपछि अन्तिम श्रद्धाञ्जलीका लागि थापाको पार्थिव शरीर बोर्डमा राखिएको हो । चलचित्र कलाकार संघका अनुसार दिउँसो साढे १ बजेसम्म बोर्डमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न सकिनेछ ।

फिल्मीखबर, काठमाडौं, 2026-02-07, शनिवार

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले कलाकार सुनिल थापाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । सन् २०१४ मा रिलिज भएको बायोपिक फिल्म ‘मेरी कोम’मा सुनिलसँग एकसाथ गरेकी उनले शनिबार साँझ सामाजिक सञ्जालमा फिल्मको एक दृश्य सेअर गर्दै आफूलाई मुस्किल समयमा सहयोग गरेकोमा थापालाई धन्यवाद दिएकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-02-07, शनिवार

आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को पहिलो गीत ‘ए साइँला दाई’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले लोकलयमा आधारित उक्त गीत सार्वजनिक गरेको हो । झ्याउरे भाकाको प्रसंगदेखि प्रेममा रहेका जोडीले एकअर्काको तारिफ गरेको गीतमा सुन्न सकिन्छ ।  

फिल्मीखबर, काठमाडौं, 2026-02-07, शनिवार

‘राते काइँला’को रूपमा परिचित कलाकार सुनिल थापाको निधनले नेपाली फिल्म क्षेत्र शोकमा डुबेको छ । शनिबार बिहान कार्डियाक अरेस्टका कारण निधन भएका उनलाई फिल्मकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उनका समकालीन मानिने राजेश हमालदेखि विजय लामासम्मले उनलाई मर्मस्पर्शी रूपमा सम्झिएका छन् ।

Results : 709 - 714 of 24137