Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 715 - 720 of 24137
फिल्मीखबर, काठमाडौं, 2026-02-07, शनिवार

‘राते काइँला’को रूपमा परिचित कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षका उनको कार्डियाक अरेस्ट (मुटुको चाल बन्द हुनु)का कारण शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका उनी अचानक अस्वस्थ भएपछि अस्पताल पुर्‍याइएको थियो । र, उपचारकै क्रममा उनको निधन भएको हो । 

फिल्मीखबर, काठमाडौं, 2026-02-06, शुक्रवार

आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बिगुल’लाई नेपाल जेसीजले साथ दिने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मका निर्माता दिनेश कोइराला र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले प्रदर्शनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । अब जेसीजले देशभरका शाखालाई फिल्म हेर्न आह्वान गर्ने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-02-06, शुक्रवार

अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ हिट भएको निर्माताले दाबी गरेका छन् । शुक्रबार फिल्मको एक साताको कमाइ सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मलाई हिट घोषणा गरेको हो । फिल्मका निर्माता तथा निर्देशक चन्द्र पन्तले फेसबुकमा सेअर गरेको एक पोस्टरमा फिल्मको एक साताको कमाइ ३ करोड १८ लाख रुपैयाँ ग्रस उल्लेख छ ।

फिल्मीखबर, काठमाडौं, 2026-02-06, शुक्रवार

लामो समयको पर्खाइ र चर्चापछि नेपाली प्रेम कथानक फिल्म 'कुमारी' आज (शुक्रवार) बाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले रिलिजसँगै देशभरका हलहरूबाट निकै उत्साहजनक शो प्राप्त गरेको छ।

फिल्मीखबर, काठमाडौं, 2026-02-06, शुक्रवार

भोलि शनिबार (७ फेब्रअरी)देखि ‘भ्यालेन्टाइन सप्ताह’ सुरू हुँदैछ । यो सप्ताहलाई प्रेमिल जोडीहरूले एकअर्कालाई गुलाब, चकलेट वा विभिन्न उपहार दिएर प्रेम व्यक्त गर्ने अवसरका रूपमा मनाउने गरेका छन् । पछिल्ला वर्षहरूमा गीतसंगीत र फिल्ममार्फत पनि प्रेम अभिव्यक्त गर्ने चलन बढ्दै गएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-02-05, बिहिवार

सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । साढे तीन मिनेट लम्बाइको ट्रेलरले फिल्मको कथावस्तु, केन्द्रीय द्वन्द्व र कथाको सेटिङबारे प्रकाश पारेको छ । परिवारभित्रको सम्बन्ध र टकरावलाई केन्द्रमा राखिएको ट्रेलरले एउटी आमाका लागि जन्मघरको महत्त्व देखाउन खोजेको छ ।

Results : 715 - 720 of 24137