Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘यानीमाया’मा पलको जोडी अञ्जना नै हुने, फर्स्टलुकमा देखिए रोमान्टिक

फिल्मीखबर, काठमाडौं, 2026/03/27

yanimaya movie

 

अभिनेता पल शाहले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’मा निर्देशक हेरफेर भएपछि (विकास सुवेदीको ठाउँमा ओम प्रतीक) मुख्य अभिनेत्रीमा अनुबन्धित भएकी अञ्जना पुन मगर हट्न सक्ने चर्चा चलेको थियो । तर, फिल्ममा अभिनेत्री नफेरिने भएको छ । शुक्रबार निर्माण पक्षले एक फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै अञ्जना फिल्ममा यथावत् रहेको जानकारी दिएको छ ।

पोस्टरमा पल र अञ्जनालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । तर, पल केही गम्भीर र मलिन अनुहारमा देखिएका छन् । अञ्जनालाई भने खुसी मुद्रामा देख्न सकिन्छ । उनले मगर समुदायको परम्परागत पोशाक लगाएकी छन् । पोस्टरले अन्तरजातीय प्रेम र भावनात्मक रूपमा गहिरो सम्बन्धको कथामा फिल्म आधारित रहेको संकेत गर्छ । 

पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका पल र अञ्जनाले यसअघि केही म्यूजिक भिडियोमा भने काम गरिसकेका छन् । यी दुईले अभिनय गरेको ‘मायालाई पानको पात’ गीत सर्वाधिक चर्चित छ । यसबाहेक ‘जान्छौ र लाहुरेको साथैमा’, ‘शतप्रतिशत सही हो’, ‘मैलेभन्दा माया’, ‘बाँध न बाँध मायाले’ लगायतका गीतको भिडियोमा पनि उनीहरूले काम गरेका छन् ।

आगामी जेठ १ गतेबाट छायांकन सुरु हुने यो फिल्म पल शाह फिल्म्सको ब्यानरमा बन्नेछ भने निर्मातामा पल शाह र चन्द्र ज्योति आले रहेका छन् । पल यही फिल्मबाट निर्माणमा होमिन लागेका हुन् । यसअघि उनले आफ्नो कम्पनीबाट केही म्यूजिक भिडियो निर्माण गरिसकेका छन् । अब उनी निरन्तर फिल्म बनाउने योजनामा छन् ।