मिति : २०८२ वैशाख २६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 727 - 732 of 22586
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १७, शनिवार

हरर, थ्रिलर, एक्सन र कमेडी विधामा फिल्म ‘डोरी’ निर्माण हुने भएको छ । तिहारको अवसर पारेर शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन् । यसअघि विभिन्न लघु फिल्म र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर फिल्म हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १६, शुक्रवार

गीतसंगीतलाई चाडपर्वको आत्मा मानिन्छ । यस्तो आत्मा, जुनबिना चाडपर्व नै अपुरो हुन्छ । गीतमा यति सामर्थ्य हुन्छ, जसले सिंगो चाडपर्व र संस्कृतिलाई नै जीवन्त बनाएर राख्छन् । दशैं होस् वा तिहार, फागु होस् वा तीज, हरेक पर्वको सांस्कृतिक र धार्मिक महत्व बोल्ने गीत बनेका छन् । तर, अझै पनि चाडपर्वमा नयाँभन्दा दशकअघिका गीतहरुकै बोलबाला देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १६, शुक्रवार

घरेलु फिल्मकी उम्दा कलाकार हुन्, नीता ढुंगाना । बाल्यकालदेखि अभिनयमा सक्रिय उनले राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेकी छन् । अभिनयको अनुभवलाई ‘सर्टिफिकेट’ मानेर उनी कोभिडअघि आफैं फिल्म निर्देशन गर्ने योजना थिइन् । त्यो फिल्म थियो, ‘ह्रस्व दीर्घ’ । तर, स्क्रिप्टमा काम हुँदै जाँदा कथाले ठूलो ‘क्यानभास’ माग्यो । त्यसपछि उनले निर्देशनको आँट गर्न सकिनन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १५, बिहिवार

छठ पर्वको दिन पारेर यही कात्तिक २२ गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको हरर-कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ झन्डै साढे २ महिना पछाडि सरेको छ । अब यो फिल्म आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण कम्पनी विन्ध्यवासिनी क्रियसनले एक विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले प्रदर्शन मिति हेरफेर गरिएको जनाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १५, बिहिवार

फिल्म ‘होस्टेल रिटर्न्स’मा ‘पिके डन’को भूमिकामार्फत् चर्चामा आएका प्रदीप चौधरी करिब १० वर्षपछि ‘सत्यवीर’बाट फिल्म अभिनयमा फर्किने भएका छन् । बिहीबार लक्ष्मीपूजाको अवसरमा उनको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो । पोस्टरमा प्रदीप रगत पोतिएको बञ्चरो लिएर आक्रामक लुक्समा प्रस्तुत छन् । उनको पाखुरामा चोटको निशान देखिन्छ भने अनुहारमा रगतको छिर्का छ । पोस्टरले क्राइम-थ्रिल संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १५, बिहिवार

अभिनेता पल शाहले ठूलो अपेक्षा राखेको फिल्म थियो, ‘रावायण’ । करिअरको ‘डु अर डाई’ मानेर उनले फिल्मका लागि कुनै कसर बाँकी छाडेका थिएनन् । समय र मिहिनेत पर्याप्त खर्चिए । फिल्मको ‘हाइप’ पनि राम्रो थियो । तर, बक्स अफिसमा फिल्मले मार खायो । नक्कली दाह्री-जुँगाका कारण भएको आलोचनाले पलले एक्सनमा गरेको मिहिनेत पनि छायाँमा पर्‍यो ।

Results : 727 - 732 of 22586