
अभिनेता नीर शाहले आफ्नो ६० वर्ष लामो अभिनय करिअरमा २ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । तर, उनी आफ्नै फिल्म हेरेर रोएका दृश्य विरलै देखिएको छ । बिहीबार सुन्धारास्थित क्यूएफएक्स हलमा आयोजित फिल्म ‘परान’को प्रिमियरमा भने उनले आँसु रोक्न सकेनन् । फिल्म सकिएपछि उनी केहीबेर आँखा छोपेर रोइरहे, जसले प्रिमियरको माहोल नै स्तब्ध बनायो ।


भावनात्मक सम्बन्धको कथामा आधारित फिल्म ‘परान’ले शुक्रबारबाट प्रदर्शन यात्रा सुरू गरेको छ । एकल रिलिजको दुर्लभ अवसर पाएको यो फिल्मले देशव्यापी लगभग ७० शो प्राप्त गरेको छ । तर, प्रदर्शनको पहिलो दिनमै फिल्मलाई चुनौतीपूर्ण स्थिति देखिएको छ । एकातिर फिल्मको अग्रिम टिकट बुकिङ कमजोर छ भने अर्कोतिर झरीका कारण बिहानी शो प्रभावित बनेको छ ।

केही वर्षअघिसम्म गायक तथा अभिनेता प्रकाश सपूतलाई ‘पारसमणि’ भनिन्थ्यो । अर्थात् जे छोयो त्यही चल्ने । ‘गलबन्दी’ गीतको लोकप्रियतापछि उनले करिअर फर्केर हेर्नै परेन । यसपछि ‘पिर’, ‘फुटेको चुरा’, ‘कुरा बुझ्नु पर्छ’, ‘दमाई महाराज’, ‘सकम्बरी’ जस्ता गीतहरूले उनलाई थप उचाइँमा पुर्यायो । त्यसबेला धेरैलाई लागेको थियो, अब उनले करिअरमा असफलता कहिल्यै देख्न पर्दैन ।

तिहारको छेकोमा रिलिज भएको फिल्म ‘जेरी अन टप’ले दुई सातादेखि बक्स अफिसमा एकछत्र रजाइँ गरिरहेका बेला शुक्रबार (१४ कात्तिक)बाट फिल्म ‘परान’ व्यावसायिक प्रतिस्पर्धामा उत्रिँदैछ । योसँगै साउथ फिल्म ‘बाहुबली’को नयाँ संस्करण ‘बाहुबली : द एपिक’ पनि एकसाथ प्रदर्शन हुन लागेकाले ‘परान’लाई बक्स अफिसमा ठूलो चुनौती सिर्जना भएको छ ।

गत सोमबार फिल्म ‘परिवर्तन’को टिजर रिलिज भयो । एक्सनलाई केन्द्रमा राखिएको टिजरले फिल्मको हाइप नै एकाएक चुल्याएको छ । सामाजिक सञ्जालमा टिजरले उत्साहजनक प्रतिक्रिया पाउँदै दर्शकको ध्यान आकर्षित गरेको छ । टिजरले सिर्जना गरेको सकारात्मक प्रभावपछि यतिबेला विदेशमा फिल्मको माग समेत बढेको छ ।

