Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ १५ मा थपियो ‘कुम्भ’, ‘रोल नं १’सँग भिड्ने

फिल्मीखबर, काठमाडौं, 2026/04/07

kubha

 

आगामी जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक विदा छ । यसैले यो मिति फिल्म रिलिजका लागि निर्माताहरूको रोजाइमा परेको छ । फिल्म ‘रोल नं १’ले प्रदर्शनका लागि उक्त मिति रोजिसकेको छ । अब सोही मितिमा अर्को फिल्म ‘कुम्भ’ पनि प्रदर्शन हुने भएको छ । मंगलबार निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै जेठ १५ गतेलाई प्रदर्शन मिति तय गरेको हो । 

रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, सृष्टि खड्का, रोहित रुम्बा, अफ्सना थापा, दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुर लगायतको अभिनय रहेको छ । एक्सन लभस्टोरी कथामा बनेको यो फिल्मको शुक्रबार ‘स्वर्गकी परी’ बोलको पहिलो गीत सार्वजनिक गरिँदैछ ।

ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जनाइएको छ । रन्धिर श्रेष्ठ र राजेश साह निर्माता रहेको फिल्मको छायांकन र सम्पादन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन् । द्वन्द्व निर्देशन सञ्जय थापा (नेपाल) र प्रदीप खड्का (भारत)को रहेको छ भने रोबर्ट बडाइलाको कोरियोग्राफी तथा शैलेन्द्र बाबु प्रधानको पार्श्व संगीत छ । 

Most Visited News (monthly)