Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 679 - 684 of 24279
फिल्मीखबर, काठमाडौं, 2026-04-09, बिहिवार

गत माघ १६ गते प्रदर्शन भएको ‘आ बाट आमा’पछि नेपाली फिल्मले घरेलु बक्स अफिसमा निकै निराशाजनक व्यापार गरिरहेका छन् । यो बीचमा प्रदर्शन भएका कुनै फिल्मले एक करोडको आँकडा पनि पार गर्न सकेनन् । बरु भारतीय फिल्म ‘धुरन्धुर २’ले नेपालमा आक्रामक कमाइ गर्‍यो । तर, नेपाली फिल्महरू भने दर्शक नपाएरै हलमा छटपटिए । 

फिल्मीखबर, काठमाडौं, 2026-04-09, बिहिवार

अभिनेत्री झरना थापा र उनकी छोरी तथा अभिनेत्री सुहाना थापालाई पहिलो पटक फिल्ममा एकसाथ देख्न पाइने भएको छ । हाल छायांकनरत फिल्म ‘बाः एक योद्धा’मा यी आमाछोरी एकसाथ देखिन लागेका हुन् । फिल्ममा पनि उनीहरू आमाछोरीकै भूमिकामा रहेको निर्देशक हरि लम्सालले जानकारी दिए । दुवैले अहिले एकसाथ ‘सट’ दिइरहेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-04-09, बिहिवार

बलात्कारको आरोप लागेका कलाकार सागर लम्साल ‘बले’ एक सातादेखि नेपाल प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध कुनै उजुरी नपरेका कारण प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्धा चलाएर अनुसन्धान गरिरहेको छ । गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

एजेन्सी, काठमाडौं, 2026-04-08, बुधवार

‘पुष्पा’का दुई श्रृंखलाको सफलतापछि अभिनेता अल्लू अर्जुन अब ‘जवान’ निर्देशक एटलीको नयाँ फिल्ममा देखिँदैछन् । उनीहरूले सहकार्य गर्ने तय भएपछि फिल्मको अस्थायी नाम ‘एए ट्वान्टी सिक्स-ए सिक्स’ राखिएको थियो । अब भने फिल्मले स्थायी नाम पाएको छ । बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम ‘राका’ रहने जानकारी दिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2026-04-08, बुधवार

‘दान्भी’ निर्देशक रुपेश तामाङ यतिबेला नयाँ फिल्म ‘एक्का तीन’ निर्माणको तयारीमा छन् । गत असारमा थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्म निर्माणको औपचारिक घोषणा गरेका थिए । त्यही बेला फिल्मको मुख्य अभिनेत्रीमा पूजा शर्मा हुने जानकारी पनि गराइएको थियो । अब यस फिल्ममा अभिनेता पुष्प खड्काको प्रवेश भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-04-07, मंगलवार

२०८२ सालमा हलमा गएर फिल्म हेर्ने दर्शकको संख्या उल्लेख्य देखिएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष ७१ लाखभन्दा बढीले हलमा फिल्म हेरेका छन् । अघिल्लो वर्षको तुलनामा यो निकै कम भए पनि निराशाजनक भने होइन । ७१ लाखमा नेपाली फिल्म हेर्ने दर्शकको संख्या मात्र ३७ लाख ८१ हजार ५४४ छ । 

Results : 679 - 684 of 24279