Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 673 - 678 of 23984
फिल्मीखबर, काठमाडौं, 2026-01-05, सोमवार

केही दिनअघि अभिनेता दीपकराज गिरीले फेसबुकमा एक पोस्ट लेख्दै आगामी फिल्ममा अन्यायविरुद्ध निर्वाचनमा होमिएको उम्मेदवारको रुपमा आफू प्रस्तुत हुने जानकारी गराएका थिए । तर, उनले फिल्मको नाम खुलाएका थिएनन् । निकट स्रोतका अनुसार उनी उम्मेदवारको भूमिकामा देखिने फिल्मको नाम ‘छ माया छपक्कै २’ हो । 

फिल्मीखबर, काठमाडौं, 2026-01-05, सोमवार

अभिनेता रमेश उप्रेती राजसंस्था पक्षधर मानिन्छन् । उनले सार्वजनिक मञ्चहरूमा खुलेरै देश बचाउन राजाको विकल्प नभएको भन्ने अभिव्यक्ति दिइरहेका हुन्छन् । यसैले उनको छवि नै राजावादी कलाकारको रूपमा बनेको छ । यस्तैमा, उनले राजतन्त्रको माग गर्ने पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेपछि त्यसले राजनीतिक र फिल्म वृतमा तरंग ल्याएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-01-04, आईतवार

देशको समसामयिक राजनीतिक र सामाजिक विषयमा केन्द्रित रहेर निर्माण भएको फिल्म ‘बिगुल’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरमा विकृत राजनीतिक खेलले जनतामा छाएको निराशा, युवापुस्ताको आक्रोश, पारिवारिक उल्झन, दुई पुस्ताबीचको वैचारिक मतभेद, सामाजिक न्याय जस्ता विषयलाई प्राथमिकताका साथ देखाइएको छ ।

एजेन्सी, काठमाडौं, 2026-01-04, आईतवार

तमिल सुपरस्टार थलापति विजय करिब एक वर्षपछि नयाँ फिल्म ‘जन नेता’मा देखिँदैछन् । यही जनवरी ९ मा रिलिज हुन लागेको यो फिल्म उनका प्रशंसकका लागि यसकारण पनि खास छ कि यो विजयको अन्तिम फिल्म हो । अब उनी अभिनय करिअर छाडेर पूर्णकालीन राजनीतिमा होमिँदैछन् । त्यसका लागि उनले आफ्नो नेतृत्वमा पार्टी समेत गठन गरिसकेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-01-03, शनिवार

आमा-छोराको भावनात्मक सम्बन्धको कथामा आधारित फिल्म ‘आ बाट आमा’मा नेवारी गीत पनि समावेश गरिने भएको छ । दुई साताअघि युट्युबमा सार्वजनिक भएको फिल्मको शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’लाई निर्माण पक्षले नेवारी भाषामा रेकर्ड गराएको छ । गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले स्वर दिएका छन् । उनी चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन् ।

फिल्मीखबर, काठमाडौं, 2026-01-03, शनिवार

फिल्म ‘मन बिनाको धन’ले घरेलु बक्स अफिसमा सुखद् व्यापार गरेपछि यसका निर्देशक टंक बुढाथोकी अर्को फिल्मको तयारीमा जुटेका छन् । उनले शुक्रबार शीर्षकसहित नयाँ फिल्मको निर्माण घोषणा गरे । उनले आफ्नै चर्चित गीत ‘बा-आमा’ नाममा फिल्म बनाउन लागेका हुन् । टंकसहित अशोक दर्जी, एआर बुढाथोकी र विक्रम थापाले उक्त गीत गाएका थिए ।

Results : 673 - 678 of 23984