
सन् २०२१ को ब्लकबस्टर तेलुगु फिल्म ‘पुष्पा’को सिक्वेल यही मंसिर २० गते अर्थात् डिसेम्बर ५ बाट प्रदर्शनमा आउँदैछ । ‘स्योर सट ब्लकबस्टर’ मानिएको ‘पुष्पा २’को आइतबार ट्रेलर सार्वजनिक गरिएको छ । भारतको पटनास्थित गान्धी मैदानमा आयोजित भव्य समारोहबीच सार्वजनिक २ मिनेट ४८ सेकेण्ड लामो ट्रेलर धमाकेदार देखिन्छ । जसमा अभिनेता अल्लू अर्जुन हाबी छन् ।

हरेक प्रकारका चरित्रलाई विश्वसनीय बनाउने सामर्थ्य विरलै अभिनेतासँग हुन्छ । विपिन कार्की त्यो खुबी भएका अभिनेता हुन् । उनी चरित्रमा यसरी बाँच्छन्, मानौं त्यो उनले नै भोगेको जीवन हो । यसैले त उनी जुन चरित्रमा पनि प्रभावकारी र जीवन्त लाग्छन् । बाह्य र अन्तरिक दुवै रुपमा चरित्र निर्माणमा मिहिनेत गर्ने उनले अभिनयबाटै दर्शकको विश्वास जितेका छन् ।

फिल्म तथा नाटकमा प्रमिला तुलाचन नयाँ नाम होइन । २०५० सालदेखि अभिनयमा सक्रिय उनले दर्जनौं नाटक र आधा दर्जन हाराहारी फिल्ममा काम गरिसकेकी छन् । उनको पछिल्लो रिलिज फिल्म ‘पूजार सार्की’ थियो । अब यही शुक्रबार उनको शीर्ष भूमिका रहेको फिल्म ‘अग्निदहन’ प्रदर्शनमा आउँदैछ । यसमा उनी बोक्सीको आरोप लागेकी महिलाको भूमिकामा छिन् ।

नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ रहेको फिल्म ‘ह्रस्व दीर्घ’ इनिसियल व्यापारमा अब्बल देखिएको छ । तिहारदेखि दर्शकको चुम्बकीय आकर्षण बनेको ‘पूर्ण बहादुरको सारङ्गी’को दबदबाबीच शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन बक्स अफिसमा उत्साहप्रद व्यापार गर्यो । देशभर प्राप्त अधिकांश शोमा बिहानदेखि साँझसम्म उच्च अकुपेन्सी देखिएको थियो ।


गत वर्ष प्रदर्शित फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरी यतिबेला नयाँ फिल्म ‘कर्मा’को तयारीमा छन् । यही मंसिर २० गतेबाट छायांकनको तयारी गरिएको फिल्ममा उनले कलाकारको ‘लाइनअप’ बलियो बनाइरहेका छन् । फिल्ममा अभिनेता विपिन कार्कीलाई शीर्ष भूमिकामा अनुबन्धित गरिसकिएको छ । उनलाई पहिलोपटक एक्सन अवतारमा प्रस्तुत गरिँदैछ ।