Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 667 - 672 of 23810
फिल्मीखबर, काठमाडौं, 2025-11-06, बिहिवार

२०७९ सालमा प्रदर्शन भएको फिल्म ‘जारी’ले ठूलो व्यावसायिक सफलता हासिल गरेपछि यसका निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले धेरै अन्तर्वार्तामा स्पष्ट रूपमा सिक्वेल नबनाउने उद्घोष गरेका थिए । तर, उनी आफ्नो अडानमा टिक्न सकेनन् । अन्ततः तीन वर्षपछि उनी ‘जारी’को सिक्वेल लिएर आउँदैछन्, जुन भोलि शुक्रबार (२१ कात्तिक)बाट प्रदर्शन हुँदैछ । 

फिल्मीखबर, काठमाडौं, 2025-11-06, बिहिवार

भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन बिनाको धन’ले देशभरका हलहरूमा अपेक्षित शो नपाएपछि यसका निर्देशक टंक बुढाथोकीले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार बिहान फेसबुकमा एक पोस्टमार्फत उनले हल सञ्चालकहरूले आफ्नो फिल्मलाई नपत्याएको गुनासो गर्दै आफूलाई हराउन धेरै लागिपरेको उल्लेख गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2025-11-05, बुधवार

सुदिप्ताको डेब्यु निर्देशनमा बनेको फिल्म ‘रमिताको पिरती’ आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर पनि सार्वजनिक गर्‍यो । प्रेम, विछोड र पीडाको भाव झल्किएको पोस्टरमा फिल्मका तीन मुख्य कलाकार आना शर्मा, विनय श्रेष्ठ र समीर श्रेष्ठ चित्रित छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-11-05, बुधवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परान’ले सोमबारसम्म बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । चार दिनसम्म फिल्मको देशव्यापी अकुपेन्सी ३० प्रतिशत पनि थिएन । तर, दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेपछि मंगलबारबाट फिल्मले गति समातेको छ । बुधबार फिल्मको शो संख्या र अकुपेन्सी हेर्दा अब व्यावसायिक सफलता निश्चित देखिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2025-11-05, बुधवार

कलाकार सन्तोष पन्तले २०७९ सालमा आफ्नो चर्चित टेलिभिजन सिरियल ‘हिजो आजका कुरा’को नाममा फिल्म बनाएका थिए । यसमा उनी आफैँ मुख्य भूमिकामा थिए भने निर्देशनको जिम्मेवारी उनका छोरा साकार पन्तले सम्हालेका थिए । फिल्ममा समावेश ‘माया जदौ’ गीत निकै लोकप्रिय बनेको थियो । तर, फिल्मले भने व्यावसायिक सफलता प्राप्त गर्न सकेन । 

फिल्मीखबर, काठमाडौं, 2025-11-05, बुधवार

शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेका दुई नेपाली फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’का लागि हलहरूले शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बिक्री सुरु गरेका छन् । यी दुई फिल्ममध्ये शो संख्याका आधारमा ‘जारी २’ अग्रस्थानमा छ । बुधबार बिहान साढे १० बजेसम्म देशभर फिल्मलाई कुल १४३ शो उपलब्ध भएको खल्ती एपमा देखिन्छ । 

Results : 667 - 672 of 23810