
फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि नेपाल आएका भारतीय कलाकार प्रदीप रावतले सोमबार कमलपोखरीस्थित बिग मुभिज पुगेर दर्शकसँग साक्षात्कार गरेका छन् । दिउँसो २ः४५ बजेको शोमा फिल्म हेरेका दर्शकसँग उनले हलभित्रै गएर प्रतिक्रिया लिए । हाउसफुल रहेको हलमा उनको प्रवेश हुँदा दर्शकहरुले हुटिङ गर्दै प्रेम दर्शाएका थिए । उनी पनि प्रसन्न भावमा देखिए ।

गायक समेत रहेका कलाकार मुरलीधरलाई दशैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’ले एकपटक फेरि चर्चामा ल्याएको छ । यसमा उनी नकारात्मक भूमिकामा प्रस्तुत भएका थिए । फिल्मले व्यावसायिक सफलता त पायो नै, उनको अभिनयलाई पनि दर्शकले रुचाए । अब उनी अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’मा आबद्ध भएका छन् । यसमा पनि उनी भिलेनकै भूमिकामा देखिनेछन् ।

यही मंसिर १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सत्या’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे २ मिनेट लम्बाईको ट्रेलरमा प्रेम र एक्सनको मिश्रण देखिन्छ । पात्रहरुबीच टेण्डर हत्याउन भएको टकरावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

अभिनेता टाइगर श्राफको बलिउडमा उदय जति सानदार रह्यो, ‘डाउनफल’ त्यतिक्कै अत्यासलाग्दो रुपमा भइरहेको देखिन्छ । ३ वर्षयता उनका एकपछि अर्को ठूलो बजेटमा बनेका फिल्म बक्स अफिसमा डुबिरहेका छन् । जसले गर्दा उनको ‘मार्केट भ्यालु’ घटेको मात्र छैन, करिअर नै संकटको अवस्थामा पुगेको छ । उनलाई लिएर फिल्म बनाउन समेत निर्माताहरु हच्किएका छन् ।

आगामी फागुन १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को यतिबेला दोस्रो चरणको छायांकन चलिरहेको छ । ब्रान्ड नाम र कलाकारको लाइनअपका कारण निर्माण अगावैदेखि चर्चामा रहेको फिल्मको छायांकन नसकिँदै विदेशमा माग बढ्न थालेको छ । पहिलो चरणकै छायांकनमा जापान, मध्यपूर्वका देश र मलेसियामा फिल्मको प्रदर्शन अधिकार बिक्री गरिएको थियो ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका भारतीय कलाकार प्रदीप रावत काठमाडौं आइपुगेका छन् । फिल्मले राम्रो ओपनिङ हासिल गरेपछि नेपाली दर्शकसँग भेट गर्न उनी श्रीमती कल्याणी (साउथ अभिनेत्री)को साथमा आइतबार साँझ ७ः४५ बजे नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं ओर्लिएका हुन् । उनलाई फिल्मको टिमले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो ।