
फिल्म चल्दा निर्मातालाई त फाइदा हुन्छ नै, कलाकारलाई पनि कामको अभाव हुँदैन । एउटै फिल्मको सफलताले करिअर उचाइँमा पुर्याउँछ । तर, केही कलाकारलाई फिल्म जति नै सफल हुँदा पनि ‘हर्ष न विस्मात्’ भनेजस्तै हुन्छ । न कामको चर्चा हुन्छ न सफलताको जस मिल्छ । यतिबेला गायक समेत रहेका अभिनेता प्रकाश सपूतको हकमा यही भइरहेको छ ।

दशैं र तिहारमा निकै गर्माएको नेपाली फिल्मको बजार शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले पनि तताएको छ । कम शोका बाबजूद पनि उत्साहप्रद ओपनिङ गरेको फिल्मले शुक्रबार ८० लाख कमाएको थियो । शनिबार व्यापारमा झनै उछाल देखियो । प्राप्त अधिकांश शो हाउसफुल हुँदा १ करोड २० लाख ग्रस कमाई भयो । दुई दिनमै व्यापार २ करोड पुगेको थियो ।

प्रायः अभिनेत्रीहरु करिअरको सुरुवाती समयमा आमाको रोल गर्न हम्मेसी चाहँदैनन् । यो रोल गरेपछि सहायक भूमिकामा सीमित हुनुपर्छ, हिरोइन भएर काम गर्न पाइँदैन भन्ने भय धेरैलाई हुन्छ । तर, अभिनेत्री वर्षा राउत यो मामलामा अलग देखिन्छिन् । उनले दोस्रो फिल्म ‘छक्का पञ्जा’मा नै आमाको भूमिका निभाएकी थिइन् । ‘जात्रा’ श्रृंखलामा त दुई सन्तानकी आमा भइसकेकी छन् ।

‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरुङ लामो समयपछि फेरि एकसाथ फिल्ममा देखिँदैछन् । फिल्म ‘रिमै’मा उनीहरुको सहकार्य जुरेको हो । मंगलबारबाट फिल्मको छायांकन सुरु गरिएको छ । गोरखाको सिरानचोकमा मुहूर्त गरेपछि फिल्मको छायांकन थालिएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिए । दयाहाङ र रिश्माले मुहूर्त सट दिएका थिए ।


नकारात्मक भूमिकामा रोजाइको कलाकार बनिरहेका छन्, प्रकाश शाह । डेब्यु फिल्म ‘लभ स्टेशन’ हुँदै ‘साङ्लो’ र पछिल्लो फिल्म ‘रावायण’सम्म आइपुग्दा उनी नकारात्मक भूमिकामै देखिए । ‘रावायण’मा उनले निर्वाह गरेको ‘काल्का’को चरित्र दर्शकले रुचाएका थिए । अब उनी नयाँ फिल्म ‘सत्यवीर’मा देखिने भएका छन् । सोमबार उनीसँग निर्माताले कागजी सम्झौता गरेका हुन् ।