Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचा र नीतिको ‘जदौ’ भदौ १२ मा आउने

फिल्मीखबर, काठमाडौं, 2026/04/14

jadhau

 

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म ‘जदौ’ रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार नयाँ वर्षको अवसरमा निर्माताले फिल्मको दुईवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । यो मितिमा अरु दुई फिल्म ‘बेहुली’ र ‘पार्वती’ पनि प्रदर्शन हुँदैछन् ।

सार्वजनिक दुईमध्ये एक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह र प्रभात पाल ठकुरी देखिएका छन् । उनीहरूको अनुहारमा पीडा, आक्रोश र निराशा झल्किएको छ । अर्को पोस्टरमा भने नीति र प्रभातसहित राजश्री थापा चित्रित छन् । दुई पोस्टर हेर्दा फिल्मको कथावस्तु प्रेम र सामाजिक विभेदमा आधारित रहेको बुझ्न सकिन्छ ।

रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी सह-निर्माता रहेको यस फिल्ममा खड्गबहादुर पुन, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, सिपी पुडासैनी, विशाल पहाडी, सुन्दर धिताल, नरेश पौडेल लगायतका कलाकारहरूले पनि अभिनय गरेका छन् । फिल्ममा श्याम तामाङको छायांकन छ भने निर्देशक काजी स्वयंको लेखन रहेको छ । 

Most Visited News (monthly)