Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 643 - 648 of 23809
फिल्मीखबर, काठमाडौं, 2025-11-13, बिहिवार

२०७६ सालमा फिल्म ‘सेल्फी किङ’ निर्देशन गरेका विशाल सापकोटाले अमेरिकामा सर्ट फिल्म बनाएका छन् । उनले लेखन तथा निर्देशन गरेको फिल्म ‘वन इन अ मिलियन’ बुधबार युट्युबमा सार्वजनिक गरिएको छ । हिँडेर अमेरिका जाने एक नेपाली युवाको संघर्षको कथामा आधारित यो फिल्म करिब १४ मिनेट लामो छ । यसमा संवादको प्रयोग गरिएको छैन । 

फिल्मीखबर, काठमाडौं, 2025-11-13, बिहिवार

देशभक्ति भावनाको कथावस्तुमा आधारित फिल्म ‘यो मन त मेरो नेपाली हो’ले अमेरिकामा अवार्ड जित्न सफल भएको छ । क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को सहरमा आयोजित ‘सान फ्रान्सिस्को इन्टरनेशनल न्यू कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्मले उत्कृष्ट कथानकको अवार्ड जितेको हो । कार्यक्रममा फिल्मका निर्देशक मित्र प्रधान (नर)ले अवार्ड ग्रहण गरेका थिए । 

फिल्मीखबर, काठमाडौं, 2025-11-13, बिहिवार

यम शेर्पाको निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को पहिलो चरणको पोस्टर सार्वजनिक गरिएको छ । खुसी र निराशको भाव मिश्रित दुई पोस्टरमा फिल्मका चार मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । एउटा पोस्टरमा दयाहाङ राई र एक बाल कलाकार निराश मुद्रामा देखिएका छन् । यसबाट फिल्ममा उनीहरू बाबु-छोरीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2025-11-13, बिहिवार

सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेसँगै यतिबेला नयाँ दल गठनको दौड तीव्र बनेको छ । दिनहुँ निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन परिरहेको छ । नयाँ पार्टीहरू खुलेसँगै त्यसमा विभिन्न क्षेत्रका व्यक्तिहरू जोडिरहेका छन् । यसबाट कलाकारहरू पनि अछुतो छैनन् । अहिले एकपछि अर्का कलाकारहरू नयाँ पार्टीमा भित्रिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-11-12, बुधवार

निर्देशक ज्ञानेन्द्र देउजा यतिबेला आफ्नो सुपरहिट फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माणको तयारीमा छन् । आगामी मंसिर १५ गतेबाट छायांकन सुरु हुन लागेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट लगायतका कलाकारहरू अनुबन्धित भइसकेका छन् । फिल्ममा अभिनेता मुकुन भुसाल पनि दोहोरिने निश्चित थियो । तर, अब फिल्ममा उनी नहुने भएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2025-11-12, बुधवार

नेपालीमा एउटा उखान छ, ‘कहिलेकाहीँ नपत्याउँदो खोलाले पनि बगाउँछ ।’ यतिबेला फिल्म ‘परान’को सन्दर्भमा यो विल्कुलै मेल खाएको देखिन्छ । प्रदर्शनअघि सामान्य आँकलन गरिएको यो फिल्मले अहिले बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार मुस्किलले ६ लाख कमाएको फिल्मले दोस्रो साताको अन्त्यसम्म आइपुग्दा ब्लकबस्टरको बाटो समातेको छ ।

Results : 643 - 648 of 23809