
गायन, डान्सिङ र कमेडी रियालिटी शोको जगजगी रहेको समयमा अब अभिनय विधामा आधारित रहेर नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’ आउने भएको छ । यसका लागि केही महिनाअघि डिजिटल अडिसनको आह्वान गरिएको थियो । अहिलेसम्म ५०० बढीले भिडियोसहित आवेदन दिइसकेको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

अभिनेता पल शाहले एक गम्भीर घटनाका कारण एक वर्ष जेल जीवन विताएपछि लगातार केही फिल्म सम्झौता गरे । त्यसमध्ये एक थियो, ‘कल्ली’ । उनको फोटोसुट गरेर क्यारेक्टर पोस्टरसहित गत साउनमा फिल्मको घोषणा गरिएको थियो । तर, गत भदौमा आएको ‘रावायण’ असफल भएपछि उनलाई रातारात ‘कल्ली’बाट हटाइयो । र, उनको ठाउँमा सौगात मल्ल भित्रिए ।

विभिन्न कालखण्डमा एकाध कलाकारको जोडी नेपाली फिल्ममा निरन्तर दोहोरिरहेको पाइन्छ । यसमा दुईवटा पक्षले ठूलो भूमिका खेलेको हुन्छ । पहिलो, फिल्मको व्यावसायिक सफलता । एउटा फिल्म सफल भयो भने त्यसका शीर्ष अभिनेता र अभिनेत्रीलाई एकपछि अर्को फिल्ममा दोहोर्याइन्छ । दोस्रो, दर्शकले जोडी रुचाएको खण्डमा पनि सहकार्यले निरन्तरता पाउँछ ।


कोही पनि मानिस कमजोररहित हुँदैनन् । तर, आफ्नो कमजोरी सुधार नगर्नु चाहिँ सबैभन्दा ठूलो कमजोरी हो । अझ कलाकारको हकमा त झन् कमजोरी सुधार्नु अनिवार्य नै मानिन्छ । चाहे अभिनय होस् वा नृत्य । कलाकार भएपछि हरेक कुरामा सकभर निपूर्ण हुनुपर्छ भन्ने मान्यता छ । यसैले लामो रेसको घोडा बन्न कलाकारले कमजोरी सुधारेर आफूलाई सक्षम र सबल बनाउन सक्नुपर्छ ।

यस वर्ष नेपाली फिल्मको राम्रो माहोल बनेको छ । एकपछि अर्को फिल्म दर्शकको चुम्बकीय आकर्षण बनेका छन् । दशैंमा आएको ‘१२ गाउँ’ होस् वा ‘छक्का पञ्जा ५’ वा तिहारको ‘पूर्ण बहादुरको सारङ्गी’ नै किन नहोस्, हरेकले हलमा महोत्सवको माहोल बनाए । गत साता आएको ‘ह्रस्व दीर्घ’ले पनि गर्माएको बजार सेलाउन दिएन । अहिले नेपाली फिल्म क्षेत्र गुल्जार देखिन्छ ।