Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङको जन्मदिनमा ‘पेन्सन पट्टा’को प्रदर्शन मिति तय

फिल्मीखबर, काठमाडौं, 2026/04/14

dayahang rai

 

भर्सटायल अभिनेताको रुपमा चिनाएका दयाहाङ राईले मंगलबार आफ्नो ४६औँ जन्मदिन मनाउँदैछन् । उनको जन्मदिनको अवसरमा नयाँ फिल्म ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म हिन्दू महिलाहरूको महान् चाड तीजको अवसर पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । भदौ २९ गते तीजको सार्वजनिक विदा छ । 

निर्माण पक्षले फिल्मको प्रदर्शन मितिसहित मंगलबार फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । नेपाली हाते कागजलाई पृष्ठभूमिमा राखिएको पोस्टरमा दयाहाङ मात्र देखिएका छन् । उनी काँधमा झोला भिरेर कुनै यात्रामा निस्किन लागेका देखिन्छन् । उनको अनुहारमा देखिएको गम्भीरता, थकान र चिन्ताले संघर्षपूर्ण जीवनको झल्को दिन्छ । 

कलाकार माओत्से गुरुङको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङसहित सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई, डिवी गुरुङ, प्रतिक्षा गुरुङ लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । 

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक गुरुङ स्वयंले नै लेखेका हुन् । मीन कोन्मे गुरुङ (सिक्लेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङ फिल्मको निर्मातामा रहेका छन् । सुशन प्रजापतिको छायांकन तथा सुरेन्द्र पौडलको सम्पादन रहेको फिल्मको गीतमा मनोज थापा मगर, शिव बराइली सुरुङ गुरुङले संगीत दिएका छन् । 

Most Visited News (monthly)