Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रत्यौली’ खेल्दै विजय र पूजा

फिल्मीखबर, काठमाडौं, 2026/04/14

ratyauli

 

अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्मा पहिलो पटक फिल्ममा एकसाथ देखिने भएका छन् । मुस्कान ढकालको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रत्यौली’मा उनीहरूको जोडी बाँधिन लागेको हो । मंगलबार नयाँ वर्षको अवसरमा निर्माण पक्षले दुवैलाई प्रस्तुत गर्दै फिल्मको आधिकारिक पोस्टर पनि सार्वजनिक गरेको छ । 

पोस्टरमा विजय र पूजा रत्यौली नाचिरहेका देखिन्छन् । पूजा जुँगासहित पुरुषको पहिरनमा देखिएकी छन् भने विजयलाई पनि जुँगा र लामो घुम्रिएको कपालसहित खुसी मुद्रामा देख्न सकिन्छ । उनीहरूको पछाडि महिलाहरू थपडी बजाउँदै नाचगानमा रमाइरहेका देखिन्छन् । पोस्टर हेर्दा फिल्मको कथा रत्यौली नाच र त्यसको रमाइलोमा आधारित हुने अनुमान गर्न सकिन्छ ।

नाइटिङ्गेल इन्टरटेन्मेन्ट र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्मलाई सुरज आचार्यले निर्माण गर्नेछन् । प्रस्तुतकर्तामा पूजा शर्मा रहेकी छन् । उनले पहिलो पटक निर्देशक सुदर्शन थापाको ‘क्याम्प’बाट बाहिर निस्किएर फिल्म निर्माण गर्न लागेकी हुन् । यसअघि उनले सुदर्शन निर्देशक भएको फिल्ममा मात्र लगानी गर्दै आएकी थिइन् ।

‘रत्यौली’बाट निर्देशक ढकाल करिब ७ वर्षपछि निर्देशनमा फर्किँदैछन् । एक दर्जन फिल्ममा सहायक निर्देशक भएर काम गरेपछि उनले सन् २०१५ मा फिल्म ‘नाइँ नभन्नू ल ३’बाट निर्देशनमा डेब्यू गरेका थिए । यसपछि उनले लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’माथि फिल्म बनाए । ‘रत्यौली’ उनको तेस्रो निर्देशकीय फिल्म हुनेछ । 

Most Visited News (monthly)