Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 655 - 660 of 23984
फिल्मीखबर, काठमाडौं, 2026-01-09, शुक्रवार

नेपाली रजतपटमा प्रतीक्षित प्रेम कथानक फिल्म 'कुमारी'ले आफ्नो प्रदर्शनअघि नै दर्शकमाझ छुट्टै रौनक फैलाउन सुरु गरेको छ। आगामी माघ २३ गते प्रदर्शन हुने तयारीमा रहेको यस फिल्मले आफ्नो प्रवर्द्धनका लागि 'कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा'को आयोजना गर्ने भएको छ।

फिल्मीखबर, काठमाडौं, 2026-01-09, शुक्रवार

आगामी माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बिगुल’को नयाँ गीत ‘वनको कोइली वनमै रमायो’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर रहेको छ भने शब्द तथा संगीत मनोज चौलागाईंको हो । युवायुवतीबीचको प्रेम र आपसी आकर्षणलाई केन्द्रमा राखेर गीत तयार पारिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-01-09, शुक्रवार

आगामी माघ १६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’को नेवारी भर्सन सार्वजनिक गरिएको छ । नेपाली भाषाको गीत दर्शकमाझ लोकप्रिय बनिरहँदा निर्माण पक्षले नेवारी भर्सन तयार पारेको हो । गीतमा यमन श्रेष्ठको स्वर छ भने शब्द तथा संगीत बाबुल गिरीको हो । गीतको नेवारी अनुवाद कलाकार मदनकृष्ण श्रेष्ठले गरेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2026-01-09, शुक्रवार

नेपालका हलमा प्रायः फिचर फिल्म मात्र चल्ने गरेको भए पनि धेरैपछि वृत्तचित्र प्रदर्शनमा आएको छ । ‘दिमाग घोच्ने मान्छे’ नामक वृत्तचित्र शुक्रबारबाट हलमा लागेको हो । काठमाडौंसहित दमौली, इटहरी, भरतपुर, पोखरा, नेपालगञ्ज लगायतका विभिन्न सहरका हलमा प्रदर्शन भएको यो वृत्तचित्रले देशव्यापी एक दर्जन हाराहारी शो पाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-01-09, शुक्रवार

विश्वमै एउटा भनाइ प्रख्यात छ, ‘फिल्मको सेट केवल अभिनयको होइन, प्रेम अंकुराउने थलो समेत हो ।’ यो भनाइ पटक पटक चरितार्थ हुँदै आएको छ । छायांकनको क्रममा कलाकारदेखि निर्माता-निर्देशकसम्म प्रेममा डुबिसकेका हुन्छन् । नेपाली फिल्म क्षेत्रमा यस्ता उदाहरण धेरै छन् । यसैले अचेल कलाकारहरूको अभिनयभन्दा प्रेमको चर्चा बढी हुने गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2026-01-09, शुक्रवार

नेपाली फिल्मकी प्रथम अभिनेत्री भुवन चन्दलाई पतिशोक परेको छ । उनका श्रीमान् माइकल चन्द (हरिश)को शुक्रबार बिहान ७७ वर्षको उमेरमा निधन भएको हो । २००६ सालमा सुदूरपश्चिममा जन्मिएका उनका तीन छोरी छन्, जो हाल अमेरिकामा छन् । उनीहरू नेपाल आएपछि शनिबार चन्दको अन्त्येष्टि गरिने पारिवारिक स्रोत जनाएको छ । 

Results : 655 - 660 of 23984