
बलिउडमा सिक्वेल ट्रेन्ड निकै मौलाएको छ । र, सिक्वेल फिल्मले व्यावसायिक सफलता पनि हासिल गरिरहेका छन् । अब १८ वर्ष पुरानो ‘कल्ट क्लासिक’ फिल्म ‘भागम भाग’को पनि सिक्वेल बन्ने भएको छ । आगामी वर्ष (२०२५)को मध्यबाट छायांकन गर्ने गरी अहिले स्क्रिप्ट लेखनको काम भइरहेको निर्माण कम्पनी रोअरिङ रिवर प्रोडक्सनकी सरिता अश्विन वर्देले जनाएकी छन् ।

कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले शुक्रबार सुहानासँग कागजी सम्झौता गरेका हुन् । यसमा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् ।


‘पूर्ण बहादुरको सारङ्गी’को दबदबाबीच गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ पनि व्यापारमा कमजोर देखिएको छैन । पहिलो हप्ताको प्रदर्शन उत्साहप्रद रह्यो । कम शोका बाबजुद पनि बुधबारसम्म फिल्मले ५ करोड कमाइसकेको छ । अब दोस्रो हप्ताको ‘पफर्मेन्स’ले हिट र फ्लप निर्क्यौल गर्नेछ । ६ करोडमा बनेको फिल्मले हिटका लागि १२ करोड कमाउनुपर्ने हुन्छ ।

चार हप्तादेखि फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ हलमा दर्शकको गुरुत्वाकर्षण बनेको छ । हप्ता बढे पनि दर्शक घटेका छैनन् । अझै पनि अकुपेन्सी दर उतिक्कै बलियो छ । यो फिल्मको दबदबाबीच गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ले पनि पहिलो हप्ता बक्स अफिसमा राम्रो उपस्थिति जनायो । आज शुक्रबारबाट हलमा थप दुई फिल्म थपिएका छन्, ‘तेल भिसा’ र ‘अग्निदहन’ ।

२०६६ सालमा आएको फिल्म ‘सिलसिला’ले ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो । केही हलमा ८६ दिन त केहीमा १ सय २५ दिनसम्म फिल्म चलेको थियो । र, यसमा समावेश ‘सागरसरी चोखो माया’ बोलको गीत उतिक्कै लोकप्रिय बनेको थियो । अब एकपटक फेरि ‘सिलसिला’ शीर्षकमा फिल्म निर्माण हुने भएको छ । नरेश पौडेलको निर्देशनमा फिल्म बन्न लागेको हो ।