मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 637 - 642 of 22577
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १०, सोमवार

अभिनेता सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘बम बहादुर’ अब आगामी पुष ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । पुष १० गते परेको इसाई समुदायको मुख्य चाड क्रिसमस डेको विदालाई लक्षित गरेर फिल्मलाई प्रदर्शन गर्न लागिएको हो । नेपाल र भारतमा फिल्म एकसाथ रिलिज हुनेछ । यसअघि गत कात्तिक ३० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १०, सोमवार

गायन, डान्सिङ र कमेडी रियालिटी शोको जगजगी रहेको समयमा अब अभिनय विधामा आधारित रहेर नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’ आउने भएको छ । यसका लागि केही महिनाअघि डिजिटल अडिसनको आह्वान गरिएको थियो । अहिलेसम्म ५०० बढीले भिडियोसहित आवेदन दिइसकेको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १०, सोमवार

अभिनेता पल शाहले एक गम्भीर घटनाका कारण एक वर्ष जेल जीवन विताएपछि लगातार केही फिल्म सम्झौता गरे । त्यसमध्ये एक थियो, ‘कल्ली’ । उनको फोटोसुट गरेर क्यारेक्टर पोस्टरसहित गत साउनमा फिल्मको घोषणा गरिएको थियो । तर, गत भदौमा आएको ‘रावायण’ असफल भएपछि उनलाई रातारात ‘कल्ली’बाट हटाइयो । र, उनको ठाउँमा सौगात मल्ल भित्रिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १०, सोमवार

विभिन्न कालखण्डमा एकाध कलाकारको जोडी नेपाली फिल्ममा निरन्तर दोहोरिरहेको पाइन्छ । यसमा दुईवटा पक्षले ठूलो भूमिका खेलेको हुन्छ । पहिलो, फिल्मको व्यावसायिक सफलता । एउटा फिल्म सफल भयो भने त्यसका शीर्ष अभिनेता र अभिनेत्रीलाई एकपछि अर्को फिल्ममा दोहोर्‍याइन्छ । दोस्रो, दर्शकले जोडी रुचाएको खण्डमा पनि सहकार्यले निरन्तरता पाउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ९, आईतवार
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ९, आईतवार

कोही पनि मानिस कमजोररहित हुँदैनन् । तर, आफ्नो कमजोरी सुधार नगर्नु चाहिँ सबैभन्दा ठूलो कमजोरी हो । अझ कलाकारको हकमा त झन् कमजोरी सुधार्नु अनिवार्य नै मानिन्छ । चाहे अभिनय होस् वा नृत्य । कलाकार भएपछि हरेक कुरामा सकभर निपूर्ण हुनुपर्छ भन्ने मान्यता छ । यसैले लामो रेसको घोडा बन्न कलाकारले कमजोरी सुधारेर आफूलाई सक्षम र सबल बनाउन सक्नुपर्छ ।

Results : 637 - 642 of 22577
Most Visited News (monthly)