Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा फर्किन लागेका हुन् सलिनमान ?

फिल्मीखबर, काठमाडौं, 2026/04/15

Salin Man Bania

 

अभिनेता सलिनमान बनियाँले डेब्यू फिल्म ‘ए मेरो हजुर २’बाट ठूलो लोकप्रियता हासिल गरे । यसमा उनको अभिनयको आलोचना भए पनि लुक्स, ड्रेसअप र हेयर स्टाइलका कारण उनी दर्शकसँगै निर्माताको नजरमा परेका थिए । यो फिल्मपछि उनको माग ह्वात्तै बढेको थियो । त्यसबेला उनलाई निर्माताहरू एक फिल्मबापत २५-३० लाखसम्म पारिश्रमिक तिर्न तयार थिए । 

आफ्नो ठूलो मागका बाबजुद पनि उनले ‘ए मेरो हजुर २’पछि एउटा मात्र फिल्म गरे, ‘यात्रा: अ म्यूजिकल भ्लग’ । तर, यो फिल्म व्यावसायिक रुपमा सफल हुन सकेन । यसपछि उनले फिल्ममा काम नगरेको करिब ७ वर्ष भइसकेको छ । बीचमा उनलाई थुप्रै फिल्मबाट अभिनयको प्रस्ताव पुगेको भए पनि स्क्रिप्ट र चरित्र मन नपरेका कारण काम गर्न अस्वीकार गरेका थिए । 

अब भने सलिन फिल्ममा कमब्याक गर्ने तयारीमा देखिएका छन् । उनले मंगलबार नयाँ वर्षको अवसरमा सामाजिक सञ्जालमा गरेको एक पोस्टले फिल्ममा कमब्याकको प्रस्ट संकेत गर्छ । उनले लेखेका छन्, ‘कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ । केही समयको पर्खाइपछि । नयाँ वर्षले केही पुराना रंगहरू फेरि जिउँदो पार्न खोज्दैछ ।’

सलिनले उक्त पोस्टमा आफ्ना केही आकर्षक तस्वीरहरू पनि राखेका छन् । जसमा उनले हातमा चुरोट र मदिरासहितको गिलास लिएका छन् भने गर्धनको दुवै भागमा विभिन्न आकृतिका ट्याटु देखिन्छन् । सम्भवतः उनको यो लुक्स फिल्मको हो । तस्वीरहरू हेर्दा फिल्ममा उनी स्टाइलिस ग्याङस्टरको भूमिकामा देखिन लागेको अनुमान गर्न सकिन्छ ।

२०८० सालमा सलिनले फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज्’बाट कमब्याक गर्न लागेको खबर बाहिरिएको थियो । यो फिल्मलाई सलोन बस्नेतले निर्माण गर्ने भनिएको थियो । अब सलिनले यही फिल्म गर्न लागेका हुन् वा अर्को भन्नेबारे आधिकारिक जानकारी प्राप्त भएको छैन । यद्यपि, नयाँ फिल्ममा सलिन र सलोनबीच नै सहकार्य हुन लागेको स्रोतले जनाएको छ ।

 

Most Visited News (monthly)