Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चिरञ्जीवी भवः’बाट फिल्ममा डेब्यू गर्दै प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2026/04/19

prashamsha rayamajhi-New Film

 

मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीलाई अब दर्शकले ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनले फिल्म ‘चिरञ्जीवी भवः’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । आइतबार निर्माताले एक पोस्टरमार्फत प्रशंसालाई फिल्ममा स्वागत गरेका छन् । उनले यसअघि केही म्यूजिक भिडियो र विज्ञापनहरूमा काम गरिसकेकी छन् । 

करिब ८ वर्षअघि ‘लिटिल मिस हेरिटेज नेपाल’को उपाधि समेत जितेकी प्रशंसाको नयाँ म्यूजिक भिडियो ‘मनमाया’ अहिले चर्चामा छ । यसमा उनको अभिनय र नृत्यको प्रशंसा भइरहेको छ । यस्तैमा ‘चिरञ्जीवी भवः’मा अनुबन्धित भएकी उनी फिल्मलाई लिएर उत्साहित देखिएकी छन् । फिल्मको कथावस्तु राम्रो लागेपछि काम गर्न तयार भएको उनको भनाइ छ । 

यस फिल्मलाई हास्य कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ले निर्देशन गर्नेछन् । उनको पहिलो निर्देशकीय फिल्म ‘परान’ गत वर्ष प्रदर्शनमा आएको थियो । यो २०८२ सालको सर्वाधिक कमाउने फिल्म समेत हो । ‘चिरञ्जीवी भवः’ उनको दोस्रो निर्देशकीय फिल्म हुनेछ । यो फिल्म हजुरबुबा र नातीको कथामा बन्ने जनाइएको छ । 

फिल्मको कथा कुमार कट्टेल ‘जिग्री ब्रो’ले लेखेका हुन् । कुमार र दीपकले यसअघि ‘भद्रगोल’ र ‘सक्किगोनि’ सिरियलमा सहकार्य गरेका थिए । फिल्ममा सविन अधिकारी र वसन्त न्यौपाने लेखकका रूपमा रहेका छन् । हाल स्क्रिप्टको अन्तिम ड्राफ्टमा काम भइरहेको जनाइएको छ । निर्माण पक्षका अनुसार आगामी डेढदेखि दुई महिनाभित्र फिल्मको छायांकन सुरु गरिनेछ ।

Most Visited News (monthly)