Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाराजधिराज’मा पूजाको प्रवेश, पुष्पको जोडी हुन् ?

फिल्मीखबर, काठमाडौं, 2026/04/19

pooja sharma

 

वैशाख दोस्रो साताबाट छायांकनको तयारीमा रहेको फिल्म ‘महाराजधिराज’मा कलाकारको लाइनअप बलियो बनेको छ । नयाँ र पुराना पुस्ताका स्थापित कलाकारहरूलाई आबद्ध गराइएको यस फिल्ममा अब अभिनेत्री पूजा शर्माको प्रवेश भएको छ । आइतबार निर्माताले उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकमा अनुबन्धित गरेका हुन् । 

यसअघि यो फिल्ममा पुष्प खड्का, केकी अधिकारी, नीर शाह, आर्यन सिग्देल, हिउँवाला गौतम, हेमन्त बुढाथोकी, रमेश उप्रेती, उषा रजक, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेल लगायतका कलाकारहरू अनुबन्धित भइसकेका छन् । फिल्मको कथा पुष्पले निभाउने अधिराज पात्रको वरिपरि घुम्ने जनाइएको छ । 

फिल्मलाई परिक्षेद सेनले निर्देशन गर्नेछन् । केही फिल्ममा सहायक निर्देशक र लेखकको रुपमा काम गरेका उनको यो दोस्रो निर्देशकीय फिल्म हुनेछ । सन् २०२२ मा प्रदर्शन भएको फिल्म ‘प्रेमगन्ज’बाट उनले निर्देशनमा डेब्यू गरेका थिए, जुन समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । उनले करिब २ वर्षको तयारीपछि ‘महाराजधिराज’ बनाउन लागेका हुन् । 

‘बुलाकी’का निर्माता विराज विष्ट प्रस्तुतकर्ता रहेको यस फिल्ममा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्मातामा रहेका छन् । निर्देशक सेन स्वयंको लेखन रहेको फिल्मलाई नवराज थापाले छायांकन गर्नेछन् । सुनसरीको श्रीलंका टापुबाट छायांकन सुरु गर्ने तयारी गरिएको फिल्मलाई काठमाडौं, भक्तपुर र कीर्तिपुरमा पनि खिचिने जनाइएको छ । 

Most Visited News (monthly)