Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 625 - 630 of 23984
फिल्मीखबर, काठमाडौं, 2026-01-18, आईतवार

यतिबेला मौसम जस्तै नेपाली फिल्मको व्यापार पनि चिसिएको छ । गत मंसिरयता हप्तैपिच्छे नयाँ फिल्म प्रदर्शनमा आए पनि कुनैले सफलता पाउन सकेका छैनन् । बरू यही बीचमा बलिउडको ‘धुरन्धर’ र हलिउडको ‘अवतार ३’ले नेपालमा आक्रामक कमाइ गरे । तर, नेपाली फिल्म भने एकपछि अर्को गर्दै असफल हुँदा फिल्म क्षेत्रमा निराशा र अनिश्चितता बढेको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-01-17, शनिवार

महाशिवरात्रिको दिन पारेर फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शिवांश’को पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा राजनराज सिवाकोटी र समीक्षा अधिकारीले स्वर दिएका छन् । राजनराज र सरोज रञ्जितकारको शब्द रचना रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2026-01-17, शनिवार

प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘रमिताको पिरती’को र्‍याप गीत ‘फोन नगर’ सार्वजनिक गरिएको छ । र्‍यापर कुशल पोखरेलको स्वर तथा शब्द रचना रहेको उक्त गीत माघे संक्रान्तिको दिन बुटवलमा आयोजित सांगीतिक कन्सर्टमार्फत सार्वजनिक गरिएको हो । कन्सर्टमा कुशलले प्रत्यक्ष रूपमा गीत प्रस्तुत गरेका थिए । 

फिल्मीखबर, काठमाडौं, 2026-01-17, शनिवार

माघे संक्रान्तिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘भाइरल गोर्खे’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको भए पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्मको कथावस्तु, कमेडी पक्ष र अभिनेता सौगात मल्लको अभिनय निकै रूचाइएको छ । यसैले फिल्मले क्रमिक रूपमा व्यापारिक गति समात्नेमा निर्माण पक्ष आशावादी छ ।

फिल्मीखबर, काठमाडौं, 2026-01-16, शुक्रवार

बलिराम चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘द ब्लू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्तमा प्रकाश पारेको छ । सस्पेन्स-थ्रिलर शैलीमा तयार पारिएको ट्रेलरमा प्रेम, धोका र बदलालाई केन्द्रमा राखिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-01-16, शुक्रवार

प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शन हुन लागेको लभस्टोरी फिल्म ‘कुमारी’को नेपालगन्जबाट सांगीतिक यात्रा सुरू भएको छ । ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नाम दिइएको यो कार्यक्रम बिहीवार साँझ नेपालगन्जस्थित होटेल स्टार लाइटको प्राङ्गणमा गरिएको थियो, जहाँ २ हजारभन्दा बढी दर्शक उपस्थित थिए ।

Results : 625 - 630 of 23984