
नेपालको पहिलो साइन्स-फिक्सन फिल्म ‘एक्लो-१’का मुख्य कलाकारमध्ये एक दिनेश डिसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सोमबार उनको जन्मदिनको अवसरमा सार्वजनिक पोस्टरमा उनलाई ‘द्रोण’ नामक पात्रको रूपमा चिनाइएको छ । पोस्टरमा उनी गम्भीर मुद्रामा देखिएका छन् । उनको पहिरन हेर्दा आध्यात्मिक प्रकृतिको पात्र देखिन्छ ।

प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्म ‘हर्ष’को प्रचार अभियान तीव्र बनाइएको छ । ट्रेलर र गीत सार्वजनिक भएपछि फिल्मको टिम प्रचारका लागि चितवन पुगेको छ । आइतबार फिल्मका कलाकारदेखि निर्देशकसम्मले त्यहाँका कलेज र महोत्सवमा उपस्थित भएर दर्शकसँग प्रत्यक्ष भेटघाट गरे । चितवन फिल्मकी निर्देशक एकता पौडेलको गृहजिल्ला समेत हो ।

अभिनेत्री सुरक्षा पन्तले करिअरको सुरुवातदेखि फिल्म असफलताको दबाब अलि बढी नै सामना गर्दै आइरहेकी छन् । १० वर्ष लामो करिअरमा उनका हिटभन्दा फ्लप फिल्मको संख्या धेरै छ । यद्यपि, फिल्म असफल भए पनि उनको अभिनयले भने निरन्तर प्रशंसा बटुल्दै आएको छ । यही कारण, व्यावसायिक सफलता कम भए पनि उनी निर्माता−निर्देशकको रोजाइमा परिरहेकी छन् ।


गायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्म ‘मन बिनाको धन’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । प्रदर्शनको पहिलो साता १ करोड ६७ लाख कमाइ गरेको फिल्मले शनिबार बिहान ८ बजेसम्म २ करोडको आँकडा नघाएको छ । ‘परान’ र ‘जारी २’ जस्ता फिल्मसँग प्रतिस्पर्धा र न्यून शोका बाबजुद पनि फिल्मले गरेको कमाइलाई उत्साहजनक मान्न सकिन्छ ।

हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशकीय फिल्म ‘झरिपछिको इन्द्रेणी’को पहिलो गीत ‘फसायो लमीले’ सार्वजनिक गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलबाट शनिबार सार्वजनिक लोकलयमा आधारित यस गीतमा समीक्षा अधिकारी र वसन्त थापाको स्वर रहेको छ भने शब्द तथा संगीत संयोजन रमेश परियारको छ ।

