Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौमा थुप्रिए फिल्म, कृष्ण जन्माष्टमीमा ‘ककाकिकी’ आउने

फिल्मीखबर, काठमाडौं, 2026/04/18

Ka Kaa Ki Kii

 

आगामी भदौमा फिल्म रिलिजको चाप उच्च हुने देखिएको छ । यो महिना आधा दर्जन फिल्म प्रदर्शन हुने तयारीमा छन् । यस्तैमा भदौमा अर्को फिल्म पनि थपिएको छ । ‘कमेडी दरबार’को समूहले निर्माण गरेको फिल्म ‘ककाकिकी’ भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको हो । शुक्रबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेका हुन् ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरू गौरी मल्ल, तृप्ती नाडकर, रेखा थापा र महेश त्रिपाठी पात्र अनुसारको लुक्समा प्रस्तुत भएका छन् । उनीहरूको गेटअपले फिल्मप्रति दर्शकको चासो बढाउने देखिन्छ । विशेषगरी रेखाको गेटअप अझ प्रभावशाली देखिएको छ । पोस्टर हेर्दा फिल्म पारिवारिक द्वन्द्वमा आधारित रहेको देखिन्छ । 

विक्की अग्रवाल र ऋद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा गौरी, तृप्ती, रेखा र  महेशसहित मनोज गजुरेल, दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, एलिसा भोग लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । 

माया इन्टरटेनमेन्ट स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता ओएसआर डिजिटलकी प्रबन्ध निर्देशक सुमित्रा थापा र ऋद्धा प्रसाईं हुन् । फिल्ममा विक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीको स्क्रिप्ट लेखन रहेको छ । पटकथा विक्की स्वयंले तयार पारेका हुन् भने कन्सेप्ट सुमन अग्रवालको हो । फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् ।

Most Visited News (monthly)