Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो ‘परालको आगो’, दर्शक भेट्दै कलाकार

फिल्मीखबर, काठमाडौं, 2026/04/24

paralko aago

 

गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भएर निर्माण भएको सोही नामको फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको छ । एकल रिलिजको दुर्लभ अवसर पाएको यो फिल्मले देशभर एक सयभन्दा बढी शो पाएको छ । काठमाडौंसहित केही सहरका हलमा टिकट बुकिङ सुखद देखिएकाले फिल्मको ओपनिङ सन्तोषजनक हुने देखिन्छ ।

यो फिल्मलाई बक्स अफिसमा लामो रेसको घोडा बन्न दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुन जरुरी छ । पहिलो शोमा फिल्म हेरेका दर्शकले कस्तो प्रचार गर्छन्, त्यसले नै फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्नेछ । सोलो रिलिज र शनिबार-आइतबारको सार्वजनिक विदाका कारण फिल्मलाई व्यापारिक रूपमा भने अनुकूल अवस्था देखिएको छ । 

फिल्म प्रदर्शन भएसँगै निर्देशकदेखि कलाकारसम्म दर्शकीय प्रतिक्रिया बुझ्न हल भ्रमणमा निस्किएका छन् । शुक्रबार बिहान साढे १० बजे प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारीलगायतका कलाकारहरूले भक्तपुरस्थित क्यूएफएक्स हलमा पुगेर दर्शकहरूसँग भेट गरे । पहिलो शोमा फिल्मले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको निर्माता सुशील पोखरेलले बताए । 

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, ज्याक श्रेष्ठ, किशोर भण्डारी, सरिता भण्डारी, मन्जिला बानियाँलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । सुशील देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा श्रीमान्-श्रीमतीको झगडालाई मुख्य विषयवस्तु बनाइएको छ ।

Most Visited News (monthly)