Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 613 - 618 of 23984
फिल्मीखबर, काठमाडौं, 2026-01-21, बुधवार

अभिनेता माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म ‘पेन्सन पट्टा’को सम्पूर्ण छायांकन सकिएको छ । मंगलबार कास्कीस्थित एक रिसोर्टमा फिल्मको अन्तिम दृश्य खिचियो । पुष ३ गतेबाट सुरू भएको फिल्मको छायांकन ३३ दिनमा पूरा भएको हो । अब पोस्ट प्रोडक्सन काम सुरू गरेर केही सातामा प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माण पक्ष छ ।

फिल्मीखबर, काठमाडौं, 2026-01-21, बुधवार

नेपाली फिल्म क्षेत्रमा कलाकारलाई ट्याग दिने प्रचलन नै बनिसकेको छ । महानायकदेखि मेगास्टार, सुपरस्टार, एक्सन स्टार, एक्सन किङ जस्ता ट्याग ‘बुक’ भइसकेका छन् । यस्तैमा अब अर्को ट्याग जन्मिएको छ, ‘रियल सुपरस्टार’ । यो ट्याग अभिनेता पल शाहले पाएका हुन् । उनको नयाँ फिल्म ‘आ बाट आमा’को ट्रेलरमा उनलाई उक्त ट्याग दिइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-01-21, बुधवार

चन्द्र पन्तको दोस्रो निर्देशकीय फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले झन्डै चार मिनेट लामो मर्मस्पर्शी ट्रेलर दर्शकमाझ ल्याएको हो । आमा र छोराको सम्बन्धलाई केन्द्रमा राखिएको ट्रेलरले हिन्दू धार्मिक ग्रन्थहरूका पात्र र घटनाक्रमबाट फिल्मको कथा प्रभावित रहेको संकेत दिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2026-01-21, बुधवार

प्रणय दिवसको छेको पारेर माघ २३ गतेबाट प्रदर्शन हुन लागेको लभस्टोरी फिल्म ‘कुमारी’ले प्रचार अभियान तीव्र बनाएको छ । यतिबेला देशव्यापी सांगीतिक यात्रामा रहेको फिल्मको टिमले यही शनिबार (माघ १० गते) संघीय राजधानी काठमाडौंमा खुला कन्सर्ट आयोजना गर्दैछ । सो कार्यक्रम भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-01-21, बुधवार

‘गजनी’ भिलेनको रूपमा परिचित भारतीय अभिनेता प्रदीप रावतका लागि नेपाल पानीपँधेरो जस्तै बनेको छ । उनी पछिल्लो दुई वर्षमा ५–६ पटक नेपाल आइसकेका छन् । उनको नेपाल आगमन प्रायः नेपाली फिल्मको छायांकन र प्रवर्द्धनमा केन्द्रित हुने गरेको छ । ‘ह्रस्व दीर्घ’मार्फत नेपाली फिल्ममा डेब्यु गरेका उनको अर्को फिल्म ‘आ बाट आमा’ माघ १६ गतेदेखि प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2026-01-20, मंगलवार

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा अभिनेत्री तथा निर्मात्री निशा अधिकारी पनि उम्मेदवार बनेकी छन् । गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य रहेकी उनले काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएकी हुन् । उनी यही क्षेत्रकी मतदाता हुन् । करिब डेढ दशकदेखि फिल्म क्षेत्रमा सक्रिय उनले पहिलो पटक संसदीय चुनाव लड्न लागेकी हुन् । 

Results : 613 - 618 of 23984