Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चिरञ्जीवी भवः’मा भित्रिए आशीर्वाद, प्रशंसासँग जोडी बाँधिने

फिल्मीखबर, काठमाडौं, 2026/04/22

Ashirwad B Chhetri

 

गत वर्षको ब्लकबस्टर फिल्म ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘चिरञ्जीवी भवः’मा अभिनेता आशीर्वाद क्षेत्रीको प्रवेश भएको छ । बुधबार निर्माताले उनलाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेका हुन् । यसमा उनको जोडी मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीसँग बाँधिनेछ । 

दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका आशीर्वादले फिल्म ‘नाइँ नभन्नू ल ६’बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । यो फिल्म व्यावसायिक रुपमा सफल नभए पनि उनको एक्सन र नृत्यको प्रशंसा भएको थियो । उनको पछिल्लो रिलिज फिल्म भने ‘श्री बुकुरो : द होम कलिङ’ हो । उनले ‘टासिदेलेक’ नामक फिल्ममा पनि अभिनय गरेका छन् । 

‘चिरञ्जीवी भवः’को औपचारिक निर्माण घोषणा नयाँ वर्ष २०८३ को अवसर पारेर वैशाख १ गते गरिएको थियो । यस फिल्मको कथा कलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ले लेखेका हुन् भने पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन् । हाल स्क्रिप्टको अन्तिम ड्राफ्टमा काम भइरहेको जनाइएको छ । 

दुई पुस्ता (हजुरबुबा र नाती)बीचको वैचारिक मतभिन्नता र भावनात्मक सम्बन्धको कथामा बन्न लागेको यस फिल्मका निर्माता उमेश कुमार बराल हुन् । कार्यकारी निर्माताहरूमा कुमार कट्टेल र शैलेश खत्री रहेका छन् । निर्माण पक्षका अनुसार प्रि-प्रोडक्सनको काम सकाएर अबको दुई महिनाभित्र फिल्मको छायांकन सुरु गरिनेछ ।

Most Visited News (monthly)