Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीर शाहको ‘कमला मिस’ साउन २२ मा प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2026/04/23

kamala miss

 

अभिनेता नीर शाहको एक दशकपछिको निर्देशकीय कमब्याक फिल्म ‘कमला मिस’ साउन २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार निर्माताले एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीसँग वितरणसम्बन्धी सम्झौता गर्दै फिल्मको प्रदर्शन मिति तय गरेका हुन् । यो फिल्मको छायांकन सकिएर हाल सम्पादनको काम भइरहेको छ ।

मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्ममा निर्देशक शाहसहित रमेश बुढाथोकी, सुशान्त कुमार श्रेष्ठ, बासना तिमल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, सञ्जय खतिवडा, भोला सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको फिल्ममा उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्मातामा छन् । लाइन प्रोड्युसरका रूपमा पुष्कर लामा रहेका छन् । फिल्मको कथा स्वर्गीय साहित्यकार विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् । 

प्रेम र मातृत्वले बालबालिकामा पार्ने प्रभाव र अभिभावकको दायित्वको कथालाई मुख्य विषयवस्तु बनाइएको यस फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापक भोला सुवेदी हुन् । यो फिल्म विजय मल्लको चर्चित नाट्यकृति ‘कोही किन बर्बाद होस्’को कथाबाट प्रेरित छ ।

Most Visited News (monthly)