Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 607 - 612 of 23807
फिल्मीखबर, काठमाडौं, 2025-11-25, मंगलवार

वि.सं. १९९७ सालतिरको कालखण्डमा आधारित फिल्म ‘परालको आगो’को छायांकन पूरा भएको छ । जेनजी आन्दोलन लगत्तै भदौ अन्तिमबाट म्याग्दीमा छायांकन सुरु गरिएको फिल्मको मंगलबार सोही ठाउँमा अन्तिम दृश्य खिचियो । ४० दिनमा चारवटा गीतसहित फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता सुशील पोखरेलले बताए । 

एजेन्सी, काठमाडौं, 2025-11-24, सोमवार

बलिउड अभिनेता धर्मेन्द्र सिंह देओलको निधन भएको छ । ८९ वर्षको उमेरमा उनको मुम्बईस्थित आफ्नै निवासमा सोमबार दिउँसो १ बजे निधन भएको हो । यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन् । उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन् । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न बलिउड सेलिब्रेटीहरू आर्यघाट पुगिरहेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2025-11-24, सोमवार

अभिनेत्री वर्षा राउतको व्यक्तिगत जीवन निरन्तर चर्चा–विवादको केन्द्रमा रहँदै आएको छ । कहिले श्रीमानको परिवारसँग उनको राम्रो सम्बन्ध नभएको चर्चा हुने गर्छ, त कहिले वैवाहिक सम्बन्ध नै संकटमा पुगेको जस्ता दाबीहरू सार्वजनिक हुने गर्छन् । यी विषयमा वर्षाले सामाजिक सञ्जाल र मिडियामार्फत पटकपटक स्पष्टीकरण दिँदै आइरहेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-11-23, आईतवार

अभिनेत्री वर्षा राउतको फिल्म करिअरले गत अप्रिलमा १० वर्ष पूरा गरेको छ । ‘नाइँ नभन्नू ल ४’बाट अभिनय करिअर सुरु गरेकी उनले त्यसयता एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । कुनैमा ‘लभर गर्ल’ त कुनैमा गृहणी बनेर देखिएकी उनले हरेक भूमिकालाई जीवन्तता दिएकी छन् । अब एकपटक फेरि उनी विवाहित महिलाको भूमिकामा देखिँदैछिन्, फिल्म ‘हर्ष’मा । 

फिल्मीखबर, काठमाडौं, 2025-11-23, आईतवार

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’को दोस्रो गीत ‘तिमी छौ र त’ सार्वजनिक गरिएको छ । आइतबार अष्ट्रेलियाको अबर्नमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले गीत सार्वजनिक गरेको हो । कार्यक्रममा निर्देशक बस्नेतसहित फिल्मका कलाकारहरू सुरज पौडेल, विनिता कार्की लगायतको उपस्थिति थियो । आइतबार सुरजको जन्मदिन समेत हो ।

फिल्मीखबर, काठमाडौं, 2025-11-23, आईतवार

नेपाली फिल्म क्षेत्रमा बजेट र कलाकारको आधारमा फिल्मलाई सानो-ठूलो भनेर छुट्याउने प्रवृत्ति सामान्यजस्तै भइसकेको छ । १-२ करोडमा बनेका फिल्म ‘साना’ कहलिन्छन् । स्थापित कलाकार भएका र ४-५ करोडको लागतमा बनेका फिल्मलाई भने ‘ठूलो फिल्म’ भन्दै प्रचार गरिने चलन छ । तर, नेपालमा साना भनेर उपेक्षा गरिएका फिल्महरू नै ज्यादा सफलता भइरहेका देखिन्छन् ।

Results : 607 - 612 of 23807