मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 607 - 612 of 22577
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १९, बुधवार

फिल्म ‘अञ्जिला’बाट अभिनयमा समेत होमिएकी राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाका लागि निर्माताले फिल्मबाट हुने कमाइले काठमाडौंमा घर बनाइदिने भएका छन् । बुधबार एञ्जिलालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउबाट फुटबल खेल्नका लागि विशेष सम्मानसहित विदाई गर्दै निर्माता प्रेम कुमार श्रेष्ठले उक्त घोषणा गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १९, बुधवार

आगामी पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक २ मिनेट २५ सेकेण्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । गरिबी र अभावले पिल्सिएको झाँक्रीको परिवारले जीवन चलाउन गरेको संघर्षलाई टिजरमा देखाइएको छ । अभिनेता दयाहाङ राई झाँक्रीको भूमिकामा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १९, बुधवार

९ वर्षअघि प्रदर्शनमा आएको ‘रेशम फिलिली’को दोस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘फेरि रेशम फिलिली’को सम्पूर्ण छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा ३५ दिन खिचेपछि मंगलबार फिल्म ‘प्याकअप’ भएको हो । फिल्मलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १९, बुधवार

यतिबेला अघिल्ला पुस्ताका स्थापित कलाकारहरुको कमब्याकको लहर चलेको छ । राजेश हमाल, विराज भट्ट, राजबल्लभ कोइराला जस्ता कलाकारहरुले कमब्याक गरिसकेको अवस्थामा अब ‘एक्सन स्टार’को रुपमा कहलिएका निखिल उप्रेती पनि करिब ५ वर्षपछि फिल्ममा फर्किने तयारीमा जुटेका छन् । उनले अर्को वर्ष आफ्नै निर्देशनमा फिल्म बनाउन लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १८, मंगलवार

राष्ट्रिय अवार्ड जित्न सफल ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनारको दोस्रो फिल्म ‘कल्ली’मा कलाकारहरुको ‘लाइनअप’ रोचक बनिरहेको छ । यही फिल्मबाट अभिनेता उत्तम प्रधानले करिब एक दशकपछि कमब्याक गर्दैछन् । यसमा सौगात मल्लको पनि मुख्य भूमिका रहनेछ । यसैबीच, अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउतलाई फिल्ममा अनुबन्धित गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १८, मंगलवार

भारतमा मात्र होइन, नेपालमा पनि लामो समयदेखि प्रतिक्षा भइरहेको फिल्म हो, ‘पुष्पा २’ । यसको अघिल्लो श्रृंखलाले नेपालमा उल्लेख्य कमाएको थियो । अब सिक्वेलले बक्स अफिसमा सुनामी ल्याउने देखिएको छ । सोमबारबाट मल्टीप्लेक्सहरुमा खुलेको अग्रिम टिकट बुकिङको अवस्था हेर्दा फिल्मले नेपालमा तीन करोडको ओपनिङ गर्ने निश्चित छ । शो मात्र ५ सयभन्दा बढी छ ।

Results : 607 - 612 of 22577
Most Visited News (monthly)