Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 619 - 624 of 23808
फिल्मीखबर, काठमाडौं, 2025-11-20, बिहिवार

भनिन्छ, ‘१२ वर्षमा बगेको खोलो पनि फर्किन्छ ।’ निर्देशक प्रवीण श्रेष्ठको हकमा पनि यस्तै भएको छ । डेब्यु फिल्म ‘मोक्ष’ (२०७०) रिलिजको १२ वर्षपछि उनी नयाँ फिल्म ‘बब डाइ’मार्फत् निर्देशनमा फर्किएका छन् । गत सोमबारबाट काठमाडौंको चन्द्रागिरीमा फिल्मको छायांकन सुरु भइसकेको छ । काठमाडौं आसपासका क्षेत्रमा ४५ दिन फिल्मको छायांकन हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2025-11-20, बिहिवार

मंसिर १८ गतेबाट प्रदर्शनमा आउन लागेको सस्पेन्स-थ्रिलर फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक गरिएको छ । प्रेमिल भावना व्यक्त यस गीतमा सुरेश बादलको शब्द रहेको छ भने सुशान्त गौतमको स्वर तथा संगीत छ । सुशान्त यो फिल्मका निर्देशक समेत हुन् । उनले यसअघि संगीत भरेको ‘सुन सुन सुन्दरी’ गीत दर्शकमाझ लोकप्रिय छ ।

फिल्मीखबर, काठमाडौं, 2025-11-20, बिहिवार

नेपालमा नृत्यमा निपूर्ण पुरुष कलाकारहरू विरलै छन् । अभिनयमा सशक्त मानिएका कलाकारहरू समेत नृत्यमा कमजोर देखिन्छन् । दयाहाङ राईदेखि खगेन्द्र लामिछानेसम्म प्रायः कमजोर नृत्यकै कारण आलोचनाको शिकार हुने गरेका छन् । तर, पछिल्लो समय दयाहाङले नृत्यमा केही हदसम्म सुधार गरेको भए पनि खगेन्द्र भने नाच्नुपर्ने फिल्ममा हत्तपत्त हात नै हाल्दैनन् । 

फिल्मीखबर, काठमाडौं, 2025-11-20, बिहिवार

शुक्रबारबाट भारतका हलहरूमा प्रदर्शन हुन लागेको फिल्म ‘ऊनको स्वीटर’को प्रचारका लागि बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा गायक सुजन चापागाईँले सांगीतिक प्रस्तुति दिएका छन् । ‘ऊनको स्वीटर साँझ’ नाम दिइएको कार्यक्रममा हजारौंको संख्या नेपाली भाषी दर्शकको उपस्थिति रहेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-11-19, बुधवार

घरेलु बक्स अफिसमा सानदार कमाइ गरिरहेको फिल्म ‘परान’लाई देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले ‘सुपरहिट’को मान्यता दिएको छ । यो चेनले बुधबार आफ्नो वेबसाइटमार्फत फिल्मलाई उक्त ट्याग दिएको हो । क्यूएफएक्सले प्रदर्शनको तेस्रो सातामा कुनै फिल्मलाई ‘सुपरहिट’ घोषणा गरेको यो पहिलो पटक हो । 

फिल्मीखबर, काठमाडौं, 2025-11-19, बुधवार

अभिनेता यशराज गराज (सुरज)को मुख्य भूमिका रहेको फिल्म ‘लोकन्ती’ मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेको हो । बक्स अफिसमा यो फिल्मको भिडन्त शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’सँग हुनेछ । 

Results : 619 - 624 of 23808