Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुशील र न्यान्सीले सुरु गरे ‘अक्षरा’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2026/05/11

Nancy Khadka

 

अभिनेता सुशील सिटौला र अभिनेत्री न्यान्सी खड्काको मुख्य भूमिका रहने फिल्म ‘अक्षरा’को छायांकन सुरु भएको छ । आइतबार काठमाडौंबाट फिल्मको औपचारिक रूपमा छायांकन थालिएको हो । केही दिनअघि काठमाडौंको गुह्येश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । 

फिल्मको छायांकन तालिका एक महिनाको राखिएको छ । निर्देशक पौडेलले सम्पूर्ण तयारी र गृहकार्यपछि छायांकन सुरु गरिएको जानकारी दिए । उनले भने, ‘हामीले कथाको मागअनुसार पटकथा र संवादमा पर्याप्त मिहिनेत गरेका छौँ । कलाकारहरूलाई पनि एक साता कार्यशाला गराएर छायांकन थालेका हौँ । फिल्मले दर्शकलाई निराश बनाउने छैन ।’

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा बन्ने यस फिल्ममा सुशील र न्यान्सीसहित सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, रोनक खड्का, प्रीसा ढुङ्गानालगायतका कलाकारहरूको अभिनय रहनेछ । ‘१२ गाउँ’बाट डेब्यू गरेकी न्यान्सीको यो दोस्रो फिल्म हो ।

फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन् । अभिमन्यु निरवीले फिल्मको पटकथा तथा संवाद तयार पारेका हुन् । दिपेन बस्न्यातले छायांकन गर्ने फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ । फिल्मलाई तीजको छेको पारेर भदौ २६ गतेदेखि प्रदर्शन गरिँदैछ ।

Most Visited News (monthly)