Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 523 - 528 of 23807
फिल्मीखबर, काठमाडौं, 2025-12-25, बिहिवार

अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माता रहेको फिल्म ‘द ब्लू लाइट’को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । १२ मंसिरबाट पोस्टपोन्ड भएर पुष १० गते पुगेको यो फिल्म अब आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार टिजर सार्वजनिक गर्दै निर्माण पक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । उक्त मितिमा फिल्म ‘आ बाट आमा’ पनि प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2025-12-25, बिहिवार

गत असोज अर्थात् दशैंमा प्रदर्शन भएको दक्षिण भारतीय फिल्म ‘कान्तारा : च्याप्टर १’पछि नेपाली बक्स अफिसमा विदेशी फिल्मले अपेक्षित व्यापार गर्न सकेका थिएनन् । करिब २ महिनापछि दुई विदेशी फिल्मले यतिबेला नेपालमा सानदार कमाइ गरिरहेका छन् । ती फिल्म हुन्, ‘धुरन्धर’ र ‘अवतार ३’ । यी दुई फिल्मले नेपालमा १२ करोडभन्दा बढी कमाइ गरिसकेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2025-12-25, बिहिवार

आगामी माघ ९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परिवर्तन’मा समावेश पहिलो गीत ‘पाकेको चिउरी’ सार्वजनिक गरिएको छ । क्रिसमस डेको अवसर पारेर बिहीबार सार्वजनिक यस गीतमा एसडी योगी र रेश्मा पुनको स्वर तथा योगी स्वयंको संगीत रहेको छ । मौसम अर्यालले शब्द लेखेका हुन् । गीतले युवायुवतीबीचको प्रेम र आकर्षणको भावनालाई व्यक्त गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-12-25, बिहिवार

अभिनेत्री बेनिशा हमालले आफ्नो परिचयको दायरा फराकिलो बनाउँदै लगेकी छन् । सर्ट फिल्म ‘मिसिङ ब्राइड’मार्फत निर्देशनमा डेब्यु गरिसकेकी उनी आफू अभिनीत नयाँ फिल्म ‘द ब्लू लाइट’मा कार्यकारी निर्माताको रूपमा समेत जोडिएकी छन् । अब उनले फिल्मको डिजिटल अधिकार पनि लिन सुरु गरेकी छन् । त्यसको सुरुवात उनले ‘द ब्लू लाइट’बाट गरेकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2025-12-24, बुधवार

नेपाली फिल्मका लागि साइन्स फिक्सन विधा नयाँ हो । हलिउड र बलिउडमा यो विधामा थुप्रै फिल्म बनिसकेका भए पनि नेपालमा पहिलो पटक विज्ञान र प्रविधिमा आधारित रहेर फिल्म ‘एक्लो-१’ बनेको छ । दुई साताअघि सार्वजनिक भएको ट्रेलर हेर्दा फिल्ममा वैज्ञानिक आविष्कार, अन्तरिक्ष यात्रा, र भविष्यका सम्भावनाजस्ता विषयहरू समावेश गरिएको देखिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2025-12-24, बुधवार

अभिनयमा स्थापित कलाकारहरू निर्देशक बनेका उदाहरण विश्वमा धेरै छन् । तर, निर्देशकहरू भने विरलै अभिनयमा उत्रिएका छन् । अब यस दुर्लभ सूचीमा निर्देशक राजन भुसाल थपिने भएका छन् । गत वर्ष प्रदर्शन भएको फिल्म ‘एक्टर : टेक वन’बाट निर्देशकीय यात्रा सुरु गरेका उनले नयाँ फिल्म ‘जिरो डिग्री’मार्फत अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

Results : 523 - 528 of 23807