मिति : २०८२ आषाढ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 325 - 330 of 22713
फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ३, आईतवार

यस वर्षको हिट फिल्म बन्न लागेको ‘होस्टेल ३’को प्रदर्शनको १० दिनपछि नयाँ गीत ‘रक अन’ सार्वजनिक गरिएको छ । फिल्मको अन्त्यमा राखिएको यो गीतको अत्याधिक मागपछि युट्युबमा ल्याइएको निर्देशक सशान कँडेलले बताए । गीतमा फिल्मकै प्रमुख कलाकारहरू पारस बम ठकुरी र रिहान गिरीको साथमा समीर काजीको गायन तथा महेश ज्ञवालीको शब्द र संगीत रहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ३, आईतवार

गत कात्तिकपछि तीन महिना नेपाली फिल्मको व्यापार निकै उदेकलाग्दो रह्यो । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, प्रदीप खड्का, प्रियंका कार्की जस्ता नाम चलेका कलाकारको फिल्मलाई समेत दर्शकले पत्याएनन् । तीन महिना कुनै फिल्मले अपेक्षित व्यापार नगर्दा फिल्म क्षेत्रमा नै निराशा छाएको थियो । तर, फागुन दोस्रो सातादेखि हलमा दर्शकको चहलपहल बढ्न थालेको छ ।

एजेन्सी, काठमाडौं, २०८१ चैत्र २, शनिवार

‘मिस्टर परफेक्सनिस्ट’को पहिचान बनाएका बलिउड सुपरस्टार आमिर खानको वैवाहिक जीवन भने ‘परफेक्ट’ रहन सकेको छैन । उनको दुईपटक घरबार बिग्रिसकेको छ । पहिलो श्रीमती रीना दत्तसँग सम्बन्ध विच्छेदपछि उनले किरण रावसँग विवाह गरेका थिए । किरणसँग पनि विवाह बन्धनमा बाँधिएको १६ वर्षपछि उनले सन् २०२१ मा डिभोर्स गरे । दुई श्रीमतीबाट उनका ३ सन्तान छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १, शुक्रवार

नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लम्बाईको टिजरमा अभिनेता विपिन कार्की बढी हावी छन् । उनी एक्सन अवतारमा देखिएका छन् । उनको पात्रमा बदलाको भाव देखिन्छ । उनले काम गरेको यो पहिलो एक्सन फिल्म हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १, शुक्रवार

होलीको दिन पारेर बिहीबारदेखि प्रदर्शनमा आएको एक्सनप्रधान फिल्म ‘आउट ल : दफा २१९’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । पहिलो दिन फिल्मले देशभरका हलमा ४० प्रतिशतमाथि अकुपेन्सी हासिल गर्‍यो । काठमाडौंमा केही शो हाउसफुल समेत भए । ‘वर्ड अफ माउथ’ बलियो भएकाले आगामी दिनमा फिल्मको अकुपेन्सी दर बढ्दै जाने विश्वास निर्माण टिमको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १, शुक्रवार

नेपाली राष्ट्रिय महिला टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षमा आधारित फिल्म ‘अञ्जिला’लाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । बिहीबार (फागु पूर्णिमा)बाट प्रदर्शनमा आएको फिल्म हेरेर एन्जिलाको संघर्षको कथाले प्रायः दर्शक भावुक भएका छन् । त्यसो त, गत सोमबार काठमाडौंमा आयोजित प्रिमियरमा पनि भावविह्वल माहोल बनेको थियो ।

Results : 325 - 330 of 22713