
बालेन शाह (बालेन्द्र) नेतृत्वको सरकारले महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा नयाँ सिनेमा हल खोल्नेलाई सुरुका १० वर्षसम्म आयकर छूट दिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘मोहर’का निर्देशक ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘हली’ साउन २२ गते (७ अगस्ट)बाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले दुईवटा आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । फिल्मले घोषणा गरेको उक्त मितिमा नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ पनि प्रदर्शन हुने तयारीमा छ ।

गत वर्ष व्यावसायिक सफलता हासिल गरेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ नेपालको अग्रणी ओटीटी प्लाटफर्म सिनेमाघर एपमा रिलिज भएको छ । शुक्रबार फिल्मलाई विश्वभरका दर्शकले हेर्न मिल्ने गरी एपमा रिलिज गरिएको हो । दर्शकले यो फिल्म ‘एचडी’ क्वालिटीमा १९९ रुपैयाँ र ‘फोरके’ क्वालिटीमा २९९ रुपैयाँ तिरेर हेर्न सक्नेछन् ।

गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ले तीन सातादेखि बक्स अफिसमा आफ्नो दबदबा कायम गरिरहेको अवस्थामा यसलाई चुनौती दिन शुक्रबारबाट तीन फिल्म ‘रोल नं १’, ‘सेप अफ मोमो’ (छोरा जस्तै) र ‘कुम्भ’ एकसाथ प्रदर्शनमा आएका छन् । यी तीनवटै फिल्म फरक-फरक कथा र कथ्य शैलीमा बनेका हुन् ।

डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’को टिजर सार्वजनिक गरिएको छ । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको टिजरमा मुख्य पात्रको कथा समेटिएको छ । पढ्ने इच्छा हुँदाहुँदै परिवारको दबाबमा विवाह भएपछि एक युवतीले श्रीमानको घरमा भोग्नुपरेको हिंसा र दुर्व्यवहारलाई टिजरले देखाएको छ ।

पछिल्लो समय नेपाली कलाकारहरूलाई विभिन्न ट्याग दिने चलन बढिरहेको समयमा अब यस सूचीमा विजय बराल पनि थपिएका छन् । उनलाई नयाँ फिल्म ‘जिरो डिग्री’मा ‘नेचुरल स्टार’को ट्याग दिइएको छ । बिहीबार सार्वजनिक फिल्मको टिजरमा उनलाई उक्त ट्याग दिइएको देख्न सकिन्छ । ‘पूर्णबहादुरको सारङ्गी’को सफलतापछि उनलाई ‘नेचुरल स्टार’ भन्न थालिएको थियो ।

