
अभिनेता शाहिद कपूर र अभिनेत्री तृप्ति डिमरीको मुख्य भूमिका रहेको फिल्म ‘ओ रोमियो’ भ्यालेनटाइन डेको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । ट्रेलर र गीतबाट यो फिल्मको ठूलो हाइप बनेको थियो । तर, फिल्मको एड्भान्स टिकट बुकिङ अपेक्षित हुन सकेन । यसले गर्दा फिल्मको ओपनिङ बढीमा ५-६ करोड हुनसक्ने अनुमान गरिएको थियो ।

‘फ्रेन्डस् सिनेमाज्’ले इलाममा नयाँ शाखा विस्तार गरेको छ । आउँदो शुक्रबारबाट सञ्चालन हुने यो हल साढे तीन करोड लागतमा तयार भएको हो । इलाम नगरपालिका-७ मा अवस्थित यस हलमा १९० सिट क्षमताको एउटा मात्र स्क्रिन रहेको छ । योसहित ‘फ्रेन्डस् सिनेमाज्’को हल संख्या तीनवटा पुगेको छ । यसका धरान र बुटवलमा दुईवटा हल सञ्चालनमा छन् ।

कुनै बेला ‘हिट मेसिन’का रूपमा परिचित निर्देशक शोभित बस्नेत पछिल्लो समय असफलतासँग जुधिरहेका छन् । विगत एक दशकयता उनले निर्माण र निर्देशन गरेका कुनै फिल्म सफल छैनन् । तर, उनी फिल्म बनाउन रोकिएका पनि छैनन् । गत मंसिरमा प्रदर्शन भएको ‘पीआर’ असफल भएपछि निराश देखिएका उनी अब अर्को फिल्म निर्माणको तयारीमा जुटेका छन् ।

अभिनेता नीर शाह एक दशकपछि फिल्म निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा बन्न लागेको ८ औं फिल्म ‘कमला मिस’को शुक्रबार बिहान ललितपुरको इमाडोलस्थित न्यू मिलेनियम स्कुलमा शुभ मुहूर्त गर्दै त्यहीँबाट छायांकन सुरू गरिएको छ । पछिल्लो पटक शाहले सन् २०१५ मा फिल्म ‘सेतो बाघ’ निर्देशन गरेका थिए ।

दुई सातादेखि घरेलु बक्स अफिसमा फिल्म ‘आ बाट आमा’को एकछत्र दबदबा देखिएको छ । दुई सातामा साढे ६ करोडमाथिको व्यापार गरिसकेको यो फिल्मले हलमा आफ्नो पकड अझै कमजोर हुन दिएको छैन । यस्तो अवस्थामा शुक्रबारबाट तीन फिल्म व्यावसायिक प्रतिस्पर्धामा उत्रिएका छन् । ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका हुन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ २’को सम्पूर्ण छायांकन सकिएको छ । बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै ६३ दिनमा गीतसहित फिल्मको छायांकन पूरा भएको हो । चितवनभन्दा अघि काभ्रेको पनौती, काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा फिल्मको छायांकन गरिएको थियो ।

